
काठमाण्डौ । उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले भारत सरकारले नेपालको बिजुली जस्ले उत्पादन गरेपनि खरिद गर्ने निर्णय गर्नु नेपालको जीत भएको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले यस्तो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने– प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला मन्त्रीस्तरीय र सचिवस्तरीय भेटमा यस विषयमा कुरा गरेका थियौँ ।
अब नेपालमा उत्पादित बिजुली बंगलादेशले पनि किन्न सक्छ–मन्त्री पुनले भने । यसअघि भारतीयको ५० प्रतिशत लगानी भएका आयोजनाको बिजुली मात्र किन्ने भारत सरकारले नियम थियो ।
भारतले बिजुलीलाई रणनीतिक वस्तुबाट हटाएर व्यापारिक वस्तुमा राखेको छ–मन्त्री पुनले पत्रकार सम्मेलनमा बताए । बंगलादेशले २० बर्षमा ९ हजार मेगावाट बिजुली किन्ने भनेको छ, आफ्नै प्रशारणलाइन मार्फत भारत हुँदै बिमस्टेकमा संलग्न राष्ट्रहरुलाई समेत बिजुली बेच्न सक्छौं–मन्त्री पुनले बताए ।
बिजुली भारत कै प्रशारण लाइनबाटपनि बेच्न सकिने मन्त्री पुनले बताए । १० वर्षमा १५ हजार मेगावाट बिजुली किन्ने ग्यारेन्टी सरकारले गरेको छ । टेक अर पे को निर्णय गरिएको हुँदा अब उत्पादित बिजुली सरकारले नै किन्छ–मन्त्री पुनले भने ।
रन अफ द रिभरमा ५५००, जलाशययसक्तमा ५५०० र अर्ध जलाशययुक्त पानीको उपयोग गरी उत्पादन भएको बिजुली किन्ने सुनिश्चितता गरिएको उनले बताए । सके देश मै बेच्छौं, नसके क्षेत्रीय बजारमा पुर्याउँछौ । पत्रकार सम्मेलनमा मन्त्री पुनले इनर्जी बैंकिङको आकार बढाउने स्पष्ट पारे ।
अर्को प्रशंगमा मन्त्री पुनले सिक्टा सिचाई आयोजना क्षेत्रको माटो परीक्षण गरिइएको बताए । यस कार्यमा अस्टे«लिया र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राविधिकले माटो परीक्षण गरेको र यस बारेमा अब प्रधामन्त्रीलाई ब्रिफिङ गरिने उनले बताए ।