पत्रपत्रिकाको बिक्री घट्दो, आवश्यक जानकारी स्मार्ट मोबाइलबाटै लिन्छन् युवा पुस्ता

<p>काठमाण्डौ । सूचना प्रबिधिको विकाससँगै विश्वमा हाल पत्रपत्रिका बिक्री वितरणमा कमि आएको छ । सञ्चारको सबैभन्दा पहिलो माध्यमको आजभोलि लोकप्रियतामा कमि आएको हो । पत्रपत्रिका बिक्री वितरणको केन्द्र बिन्दु मानिने काठमाडौंको धर्मपथ स्थित भूगोल पार्कमा विगत ७ वर्षदेखि पत्रपत्रिका तथा पुस्तक बिक्री गर्दै आएका राम पौडेल भन्छन्–नेपालमा प्रिन्ट मिडियाको लोकप्रियतामा कमि आएको छ, प्रबिधिको विकाससँगै [&hellip;]</p>

काठमाण्डौ । सूचना प्रबिधिको विकाससँगै विश्वमा हाल पत्रपत्रिका बिक्री वितरणमा कमि आएको छ । सञ्चारको सबैभन्दा पहिलो माध्यमको आजभोलि लोकप्रियतामा कमि आएको हो ।

पत्रपत्रिका बिक्री वितरणको केन्द्र बिन्दु मानिने काठमाडौंको धर्मपथ स्थित भूगोल पार्कमा विगत ७ वर्षदेखि पत्रपत्रिका तथा पुस्तक बिक्री गर्दै आएका राम पौडेल भन्छन्–नेपालमा प्रिन्ट मिडियाको लोकप्रियतामा कमि आएको छ, प्रबिधिको विकाससँगै पत्रपत्रिका किनेर पढ्ने क्रम घट्दो छ ।

उनका अनुसार आजभोलि दैनिक पत्रिकाको तुलनामा साप्ताहिक पत्रिकाको बिक्री ज्यादै न्यून छ । कान्तिपुर, राजधानी, नागरिक, अन्नपूर्ण, कारोबार, अभियान आदि पत्रिका दैनिक ५० प्रति बिक्री हुने गर्थ्याे,  अहिले १५ प्रति पनि बिक्री हुदैन–उनले भने ।

उपत्यकाको उत्तरी भेगमा स्थित तारकेश्वर नगरपालिका , शेस्मति, सानोपुल स्थित कालीका बुक्स एण्ड स्टेशनरीका संचालक रामकृष्ण न्यौपानेले पनि पहिलाको तुलनामा पत्रिका बिक्री वितरणमा कमि आएको बताए । उनले भने–अरु दिनको तुलनामा शनिबार पत्रिकाको माग बढ्ने गरेको छ ।

त्यस्तै, काठमाडौंको केन्द्रविन्दु बागबजार स्थित लोकप्रिय स्टेशनरीका संचालक सरोज घिमिरेका अनुसार पहिलाको तुलनामा हाल पत्रपत्रिका बिक्री वितरणमा कमि आएको छ । पाका पुस्तामा पत्रपत्रिकाप्रति केही चाख छ, तर सामाजिक सञ्जालको विस्तारसँगै पत्रपत्रिकाको महत्व युवाहरुमा हराउँदै गएको छ–घिमिरेले भने ।

नेपाली समाजमा कुनै बेला पत्रपत्रिका लोकप्रिय माध्यमका रुपमा स्थापित भएको थियो । १०६ वर्षको राणा शासन चल्दै गर्दा पनि नेपालीले नै समाज र राष्ट्र प्रतिको भावनालाई व्यक्त गर्दै विभिन्न साहित्यिक पत्रपत्रिका भारतबाट प्रकाशन गरेको इतिहासमा उल्लेख छ ।

स्वतन्त्र रुपमा प्रकाशन एवम् वितरण गर्न प्रतिबन्ध लागेको त्यस समयमा पाठकको रुचिका कारण भारतबाट प्रकाशन भई नेपालमा बिक्री वितरण गर्ने गरिन्थ्यो । तर, अहिले समय फेरिएको छ ।

नेपालमा पछिल्लो १० वर्ष यता इन्टरनेटको तीब्र गतिमा विकास भएसँग युवा युवतिहरुले आफूलाई चाहिने सूचना -जानकारी हातहातमा भएको स्मार्ट मोबाइल मार्फत नै लिने गरेका छन् । यसकारण पत्रपत्रिका किनेर पढ्ने क्रम घट्दै गएको पत्रपत्रिका बिक्री बितरण गर्ने व्यवसायीहरुको धारणा रहेको छ ।

Share News