काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का तोडेर भाग्न लागेको इटालियन कम्पनी पुनः काममा फर्कन तयार भएको छ ।
ठेक्का तोडेको पत्र लेखेर स्वदेश फर्कन लागेको कम्पनीले सो पत्र फिर्ता लिएको हो ।
‘ठेक्का तोडेको पत्र फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको छ, यसले अब मेलम्चीमाथीको आशंका टरेको छ’, सिएमसीसँगको वार्तामा सहभागी भएका एक अधिकारीले विकासन्युजसँग भने ।
१७ डिसेम्बरमा सिएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । मेलम्च आयोजनाले सिएमसीको बैंक खाता रोक्का गर्न पत्राचार गरेपछि सिएमसीले २१ डिसेम्बरमै पत्र लेखेर ठेक्का तोडेको पुर्व पत्र फिर्ता लिएको थियो ।
सोही दिन सिएमसीले बैंक खाता रोक्का गर्ने निर्णय विरुद्ध अदालतमा मुद्धा समेत हालेको थियो । आइतबार अदालतमा सिएमसीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले वहस गरेका थिए । सोही वहस पश्चात सिएमसी काममा फर्कन तयार भएको हो ।