सम्पत्ति बीमा निर्देशिका परिमार्जित, एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने

<p>काठमाण्डौ । बीमा समितिले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेको छ । आज पत्रकार सम्मेलन गरी बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले परिमार्जित निर्देशिकाको बारेमा स्पष्ट पारेका छन् । सो अवसरमा उनले भने– परिमार्जित सम्पत्ति बीमा निर्देशिका अनुसार एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने छ । निर्जीवन बीमा कम्पनीसँग सल्लाह गरेर मध्यम वर्गलाई लक्षित गर्दै निर्देशिक [&hellip;]</p>


काठमाण्डौ । बीमा समितिले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरेको छ । आज पत्रकार सम्मेलन गरी बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले परिमार्जित निर्देशिकाको बारेमा स्पष्ट पारेका छन् ।

सो अवसरमा उनले भने– परिमार्जित सम्पत्ति बीमा निर्देशिका अनुसार एकीकृत सम्पत्ति बीमामा ६५ प्रतिशत शुल्क घट्ने छ ।
निर्जीवन बीमा कम्पनीसँग सल्लाह गरेर मध्यम वर्गलाई लक्षित गर्दै निर्देशिक परिमार्जन गरेको हो–उनले पत्रकार सम्मेलनमा बताए ।

जमिनमा आधारित सम्पत्तिको लागि अग्नी बीमाको हालसम्म प्रचलनमा रहेको अग्नी बीमा सम्बन्धी सामान्य नियमहरु २०५८ असान्दर्भिक भैसकेको र वर्तमान बीमा बजारमा भएका थुप्रै बीमित र बीमक मैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलनहरु अद्यावधिक हुन नसकेकाले निर्देशिका परिमार्जन गर्नु परेको पत्रकार सम्मेलनमा बताइयो ।

सम्पत्ति बीमालेख अन्तरगत सामान्य बीमालेख, मूल्याङ्कित सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, घोषणा सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख र पुनस्र्थापना सम्पत्ति बीमालेख रहेका छन् ।

परिमार्जित बीमा निर्देशिकामा सबै प्रकारका बीमायोग्य जोखिमहरु एउटै प्याकेजमा अनिवार्य गरिएको र हुलदंगा तथा आतङ्कवा जोखिम समूह बाहेक अन्य कुनैपनि जोखि हटाउन नपाइने उल्लेख छ ।

घरबीमा अन्तरगत १ करोड भन्दा कम मूल्यको घरको बीमा प्रति हजार ४० पैसा(हुल दंगा तथा आतंकवाद जोखिम बाहेक) मा बीमा गर्न सकिने परिमार्जित निर्देशिकामा उल्लेख छ ।

Share News