
अम्बिका प्रसाद पौडेल-अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम
काठमाडौं । एक साता भन्दा लामो छलफलपछि सरोकारवालाहरुका धारणा समेत समेटेर अर्थमन्त्रीज्यूलाई प्रतिवेदन बुझाएका छौं । यो प्रतिवेदन कार्यान्वयन भयो भने पुँजी बजारको दिगो विकासमा ठुलो योगदान पुग्नेछ । प्रतिवेदनमा हामीले तत्कालिन, मध्यकालिन र दिर्घकादिन सुधारका व्यवस्था समेत सिफारिस गरेका छौं । प्रतिवेदनमा मार्जिन कर्जा र शेयर धितो कर्जालाई छुट्टाछुट्टै मानिएको छ ।
शेयर धितोकर्जाको जोखिम भार १०० मा ल्याईएको छ भने ब्रोकर मार्फत मार्जिन कर्जा र बैंक मार्फत शेयर कर्जाको व्यवस्था गरिएको छ । शेयर धितो कर्जाको सिमा ६५५ बनाउन सिफारिस गरिएको छ । प्राथमिक पुँजीको कर्जा सिमा २५ प्रतिशतबाट ४० प्रतिशत बनाईएका छ । हकप्रद र बोनसको कारण मुल्य समायोजन हुँदा मर्जिन कल आउने समस्यालाई हटाइएको छ । यस प्रतिबेदनमा एनआरएन र वैदेशिक संस्थालाई पुँजी बजारमा ल्याउने र वास्तविक क्षेत्रका कम्पनीहरुको नियमनको लागि छुट्टै नियामक निकायको व्यवस्था गरिएको छ ।
एक महिना भित्र पुर्ण स्वचालित अनलाईन ( बैंक र सिडिएस प्रणालीमा एकीकृत) कार्यन्यन गर्ने उल्लेख गरिएको छ । ब्रोकर कमिसन घटाउने र पुँजीगत लाभकर समेत घटाउने र लगानीकर्ता सचेतना कार्यक्रममा नाफाबाट रकम छुट्याउनु पर्ने विषय समाबेश गरिएको छ । सेटलमेन्ट ग्यारेन्टी फन्ड, इनसाइडर टे«डिङ नियन्त्रण गर्न कानुन बनाउने, इन्भेटर फन्डको व्यवस्था छ ।
न्यून चुक्ता पुँजीका कम्पनीहरु ओटिसीमा दर्ता हुने र वास्तविक क्षेत्रका कम्पनीहरुको संस्थापक शेयरको लकिङ पिरियड थप्ने र एफपिओ निस्कासन गर्ने कम्पनीले नेटवर्थ भन्दा बढीमा निस्कासन गर्न नपाउने र रियल सेक्टरका कम्पनीहरुले नेटवर्थको २ गुणा भन्दा बढीमा शेयर निष्कासन गर्न पाउने छैनन् ।
नेप्सेमा रहेको नेपाल सरकार र राष्ट्र बैकको शेयर बिक्री गरि पुनर्संरचना गर्ने, टी प्लस १ सेटल्मेन्ट प्रणाली कार्यान्वयनमा ल्याउने, बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने भनेका छौं । हाल रहेकै ब्रोकर कम्पनी बैकले खरिद गर्न सक्ने तथा ब्रोकर एक आपसमा गाभिन सक्ने व्यव्स्था समेत प्रतिबेदनमा राखिएको छ । हालको सर्किट ब्रेक प्रणालीमा परिवर्तन गर्ने, ग्रेड ४ वा त्यो भन्दा कमजोर कम्पनीहरुले आईपीओ निस्कासन गर्न नपाउने, एक अर्ब चुक्ता पुजीका कम्पनीहरु तत्काल पुँजी बजारमा ल्याउने व्यवस्था गरिएको छ ।
नेपाल इन्भेस्टर्स फोरमले लगानीकर्ताहरुको आवाजलाई समेटी हिजोका दिनहरुमा उठाएका अधिकांश मागहरू यस प्रतिवेदनमा समेटिएका छन् । कार्यान्वयनको समय सिमा र जिम्मेवार निकाय समेत तोकिएको यस प्रतिवेदनको कार्यान्वयन भएमा नेपालको पुँजी बजार २१ औं शताब्दी सुहाउँदो हुने विश्वास फोरमले लिएको छ । भोलिका दिनमा यी विषयको कार्यान्वयनमा विशेष ध्यान र दबाव दिनुपर्ने देखिन्छ ।
प्रतिवेदनमा उल्लेखित कुराहरु कार्यान्वयन गरिएमा नेपालको पुँजी बजार लगानीको सबैभन्दा राम्रो क्षेत्र हुन सक्ने मेरो विश्वास छ ।