मेलम्चीमा संयमित भएर निर्णय लिन्छौ, समयमै पानी दिन्छौंः मन्त्री मगर

<p>काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा संयमित भएर निर्णय लिने बताएकी छिन् । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री मगरले मेलम्चीमा संयमित भएर निर्णय लिने बताएकी हुन् । सरकारले भन्यो-जे सुकै भएपनि तोकिएको समयमै मेलम्चीको पानी आउँछ उनले तोकिएकै समयमा मेलम्चीको पानी काठमाडौं बासीका धारामा आउने प्रतिवद्धता समेत व्यक्त गरेकी [&hellip;]</p>

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनामा संयमित भएर निर्णय लिने बताएकी छिन् । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री मगरले मेलम्चीमा संयमित भएर निर्णय लिने बताएकी हुन् ।

सरकारले भन्यो-जे सुकै भएपनि तोकिएको समयमै मेलम्चीको पानी आउँछ

उनले तोकिएकै समयमा मेलम्चीको पानी काठमाडौं बासीका धारामा आउने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन् । उनले भनिने, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । संमिति भएर निर्णय लिन्छौं र तोकिएकै समयमा पानी दिन्छौं ।”

उनले मेलम्ची आयोजनामा देखिएको समस्यले अन्य खानेपानी आयोजनाहरुमा कुनै असर नपर्ने स्पष्ट समेत पारेकी थिइन् । ३ वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रमहरु अघि बढाउने उनको प्रतिवद्धता थियो ।

खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्दै लगिने स्पष्ट पारिन् ।

Share News