त्यो चीन, यो चीनः चार दशकमै कसरी प्राप्त भयो चामत्कारिक उपलब्धि ?

<p>सिएनएन । १९७० तिर चीनको ग्रामिण भेगमा हुर्कदैँ गरेका भिक्टर गाओका लागि कार र ट्रक दुर्लभ थिए । उनी र उनका साथीहरु धुलाम्मे सडकमा कार र ट्रकका पछिपछि खुसी हुँदै दौडन्थे । आज, अमेरिकाको तुलनामा दुई गुणा भन्दा बढि क्षमताकासथ चीन विश्वकै सबै भन्दा ठुलो अटोमोबाइल उत्पादक देश बनेको छ । ‘साधारण चिनियाँ परिवारले अटोमोबाइल [&hellip;]</p>

सिएनएन । १९७० तिर चीनको ग्रामिण भेगमा हुर्कदैँ गरेका भिक्टर गाओका लागि कार र ट्रक दुर्लभ थिए । उनी र उनका साथीहरु धुलाम्मे सडकमा कार र ट्रकका पछिपछि खुसी हुँदै दौडन्थे ।

आज, अमेरिकाको तुलनामा दुई गुणा भन्दा बढि क्षमताकासथ चीन विश्वकै सबै भन्दा ठुलो अटोमोबाइल उत्पादक देश बनेको छ ।
‘साधारण चिनियाँ परिवारले अटोमोबाइल लिन सक्छन भनेर मैले कहिल्यै सोचेको थिइँन् र चीन संसारकै प्रमुख अटोमोबाइल उत्पादक देश बन्छ भन्ने पनि सोचेको थिइँन’, भिक्टर गाओले सिएनएनसँग भने–अमेरिकाले भन्दा चीनले धेरै अटोमोबाइल उत्पादन गर्न सक्ला भन्ने कुरा मेरो कल्पना भन्दा पुरै बाहिरको बिषय थियो ।

डिसेम्बर १८ तारिखका दिन चीनले गरिबीबाट माथी उठ्दै गरेको देशबाट आर्थिक महाशक्ति बन्नेबाटोमा अघि बढेको चार दशक पुरा हुँदैछ ।
अत्याधिक परिवर्तनको यो युगलाई ‘पुनरुत्थान र खुल्ला’ युगको नामले चिनिन्छ । जब निकट भविष्यका चिनियाँ नेता देङ स्याओपिङले १९७८ को डिसेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई सम्बोधन गर्दै पुनरुत्थान गर्ने घोषणा गर्दै थिए, त्यतिबेला चीनको कुल गार्हस्थ उत्पादन जम्मा १५० बिलियन अमेरिकी डलर भन्दा कम थियो ।

४० बर्षपछि, चिनियाँ अर्थतन्त्र अमेरिकालाई पछि पार्दै १२ ट्रिलियन डलर पुगेको छ । तर ४० औं बार्षिकोत्सवमा आईपुग्दा चिनियाँ अर्थतन्त्रको जादुमयी भविष्यमाथी युद्ध छेडिएको छ । यतिबेला पुर्णतः खुल्ला बजार अर्थतन्त्रका पक्षपाती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आर्थिक, सामाजिक र राजनीतिक पक्षमा पुर्ण अधिन चाहने चिनियाँ राष्ट्रपचि सि जिनपिङको दुई ध्रुवमा आईपुगेको छ ।

देङको युग
‘पुनरुत्थान र खुल्ला’ को नीतिले देशलाई आधा शताब्दी भन्दा कम समयै कहाँबाट कहाँ ल्याई पुर्यायो भन्ने स्पष्ट पारेको छ । १९७८ मा दशकौं लामो आर्थिक र राजानीतिक अव्यवस्थाले चिनियाँ समाज निरपेक्ष गरिबीको रेखामुखनी थियो । ग्रामिण चीनका करोडौ नागरिक कुपोषणको शिकार भएका थिए । चिनियाँ अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको थियो ।

तर आज, चीनले विश्वको कुल सम्पतिमा १० प्रतिशत हिस्सा एक्लै ओगट्छ । पछिल्ला २० बर्षमा प्रति व्यक्ति आम्दानी चार गुणा वृद्धि भएको छ र निरपेक्ष गरिबीको रेखामुनी भएका चिनियाँहरुको संख्या घटेर १ प्रतिशत भन्दा कममा सिमित भएको छ । चीनमा ६ सय जना बिलिनियरको संख्या जुन संसारका कुनै पनि देशमा छैन् ।

चीनले प्राप्त गरेको ऐतिहासिक लछाङको श्रेय देङ स्याओपिङलाई जान्छ, जसले अध्यक्ष माओत्सेतुङको लामो आर्थिक उपद्रोपछि शक्तिमा पुगेर पुनरुत्थानको यात्रा आरम्भ गरेका थिए ।
देङले बिशिष्ट प्रकृतिको परिक्षण अवधारणा अघि सारे, एक दलिय र सरकार अधिनस्थ अर्थतन्त्रलाई खुल्ला बाटोमा अघि लागे । केहि राजनीतिक स्वतन्त्रता पनि प्रदान गरिदिउ ।  ‘बिरालोको रंग कालो वा सेतो हुनुमा चिन्ता नगर्नुस, त्यसले मुसा समाउँछ की समाउँदैन भन्ने कुरा हेर्नुस’, देङको यो भनाई सर्वाधिक लोकप्रिय छ ।

स साना कुराहरुबाट देशमा परिवर्तनको आभास शुरु भयो, किसानहरुले उत्पादन बेच्ने र नाफा कमाउने सुबिधा पाउन थाले । उद्यमीहरुले आफ्नै व्यवसाय गर्ने छुट पाए । ‘बिशेष आर्थिक क्षेत्र(सेज)’ मार्फत देशका निश्चित क्षेत्रमा खुल्ला व्यापार सुरुभयो ।

१९९० मा चिनियाँ स्कट मार्केट पुनः खुल्यो र चिनियाँ बजार खुल्ला अर्थतन्त्रमा प्रवेश गर्यो । भिक्टर गाओले देङको भाषा ट्रान्सलेटरका रुपमा सन १९८३ देखि ८ सम्म काम गरेका थिए । ‘देङको आधारभूत मान्यता भनेको समाजवाद र पुँजीवादका राम्रा र नराम्रा पक्षहरुबिचको भेद छुट्याएर केले चीनाियनँ जनतालाई खाद्यान्न उपलब्ध गराउँछ भन्ने थियो ।’, हाल बेईजिङमा केन्द्रित सेन्टर फर चाईना एण्ड ग्लोबलाइजेशनका उपाध्यक्ष समेत रहेका गाओले सिएनएनसँग भने ।

गाओले देङ र न्युयोर्क स्टकका अध्यक्ष जोन फेलानबीच १९८६ मा भेट गराएका थिए । भेटमा देङले चीनमा स्टक एक्सचञ्ज स्थापनामा सघाउन आग्रह गरेका थिए ।

सुधारको लडाईँ

अब चीन एउटा गरिब देश रहेन । केही दशकमै यसले एउटा अविश्वसनीय प्रगति हासिल गरेको छ । २०१८ मा यसले विश्वलाई नै उछिन्यो ।
यसै परिवर्तनको उत्सव स्वरुप बेइजिङमा यस वर्षको सुरुमा एउटा प्रदर्शनी आयोजना गरिएको थियो । जहाँ दैनिक हजारौं मानिसहरु भ्रमण गर्छन् र आकर्षित हुन्छन् । प्रदर्शनीको उक्त कक्षमा चीनले प्रविधिको क्षेत्रमा यति छिटो प्रगति कसरी हासिल गर्यो भन्ने देख्न सकिँदैन बरु विगत र वर्तमानका कम्युनिष्ट पार्टीका नेताहरुको वाणीहरु पनि त्यहाँ देखिन्छ ।

चीनका सर्वोच्च नेता देङ जियापिङको सन् १९८० देखि १९९० बीचको सुधारको फोटो प्रदर्शनी पनि यहाँ राखिएको छ । यद्यपि कम्युनिष्ट पार्टीको त्यस्तो प्रोपोगाण्डाप्रति केही अवलोकनकर्ता भने संकोच मान्छन् । त्यहाँ सी जिङपिङलाई देङभन्दा महान् देखाइएको छ । सुधार र नयाँपनको प्रमुख इञ्जिनियरको रुपमा उनलाई अथ्र्याइएको छ । चीनमा त्यस्ता धेरै संग्रहालयहरु छन् जहाँ देङको फोटोलाई सी जिङपिङको बाबुको फोटोले प्रतिस्थापन गरिएको छ जो कम्युनिष्ट पार्टीका एकजना उच्च तहका नेता थिए । देङको चित्र भने संग्रहालयको केही पर एउटा कुनामा राखिएको छ । चीनमा सी को प्रशंसालाई असामान्य मानिदैन, शक्तिकाे पुजा गर्ने परम्परा चीनमा पुरानै हो ।

ऐतिहासिक संशोधनवादका यी अभियुक्तहरूले देशको निजी क्षेत्रको अधिक भन्दा कम कम्युनिस्ट पार्टीलाई सघाउने गरी देङको उदार आर्थिक सुधारहरू पछाडि धकेल्ने प्रयास गरे। कम्पनीहरू आफ्नो संगठन भित्र पार्टीको भूमिका बढाउन बढ्दो दबाबको अधीनमा रहेको छ । सी जिङपिङ देशभर पार्टीको नियन्त्रण कायम गर्नका लागि प्रयास गरिरहेका छन् । सी जिङपिङ देङको सुधारवादी विचारबाट धेरै पछाडि धकेलिइसकेका छन्’ – चीनस्थित सीएनएनको स्रोतले भन्यो।

‘सी जिङपिडको आर्थिक र राजनीतिक क्रान्तिका नाराहरु सबैले धेरै सुनिसकेका छन् जसले सुधारवादको सुरुवातलार्इ कम्युनिष्ट सशस्त्र नीतिद्वारा ध्वस्त पार्छ । महत्वाकांक्षी राष्ट्रपति सीले आफुमाथिको शंकालार्इ स्थान नै दिन चाहदैनन्’- हङकङ विश्वविद्यालयका प्रोफेसर विली लमले सीएनएनसँग भने – ‘मैले ग्वान्जाअोको चारदिने सम्मेलनमा सीले प्रस्तुत गरेका सबै भाषणहरु पढें, उनले देङलार्इ कहिँकतै सम्झिएनन्  ।’

सीको महासंकट

“सुधार र उद्घाटन” को उत्सव मनाउँदै गर्दा ट्रम्पको व्यापार युद्धले सीलार्इ ठूलो प्रभाव पार्यो, ट्रम्पले सीको आर्थिक योजनाहरुलार्इ रोक्न त सकेनन्, तर आफ्नो आर्थिक नीतिमा नाटकीय सुधार ल्याउनुपर्ने वाध्यता चीनलार्इ भयो । यसले सीलार्इ राजनीतिक हानी भने भयो ।

अमेरिकी राजनीतिक प्रशासनले चीनबाट आउने १०० भन्दा बढी सामानहरुमा भन्सार शुल्क बढाइदियो । यसले सीलार्इ पार्टीमा नियन्त्रण गर्ने अभियानमा धक्का लाग्यो । यो सीको राजनीतिक करियरको सबैभन्दा ठूलो संकट थियो ।ट्रम्पको व्यापार युद्धले “सुधार र उद्घाटन”को उत्सवलार्इ मात्र छायाँमा पारेको छैन यसबाट सीले पार्टी भित्रै नै धेरै अनुहार र अख्तियार गुमाएका छन् किनभने यसले उनको विफलता देखाउँछन्” लम ले भने ।

देनको सुधारहरूको प्रभाव कुनै पनि समय चाँडै हटाउन सम्भव छैन। चीन सधैंभरि परिवर्तन भएको छ र कुनै पनि व्यापारिक व्यापार युद्धको नतिजा, औसत चिनियाँ अब लामो र समृद्ध जीवन बिताउने आशा गर्न सक्दछ। तर चिंग, हांगकांग लगायतका विश्लेषक भन्दछन् कि चीनमा अब विस्तारै राजनीतिक स्वतन्त्रताका अवाजहरु समेत उठ्न थाल्नेछन् ।

 

Share News