भारतीय ठूला नोटमाथिको प्रतिबन्ध नेपाली अर्थतन्त्रका हितमा, साना नाेट पनि राेक्न सुझाव

<p>काठमाडौं । २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथीको प्रतिबन्ध नेपाली अर्थतन्त्रको हित रहेकाे विज्ञ र व्यवसायीले बताएका छन् ।  मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पूर्व प्रशासक, अर्थविद र उद्यमीहरुले सरकारको निर्णयले नेपाली अर्थतन्त्र [&hellip;]</p>

काठमाडौं । २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमाथीको प्रतिबन्ध नेपाली अर्थतन्त्रको हित रहेकाे विज्ञ र व्यवसायीले बताएका छन् ।  मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पूर्व प्रशासक, अर्थविद र उद्यमीहरुले सरकारको निर्णयले नेपाली अर्थतन्त्र र राष्ट्रिय हित प्रवद्र्धन गर्ने टिप्पणी गरेका छन् ।

‘नेपाली मुद्राको हितका लागि भारुमाथीको प्रतिबन्ध राम्रो छ । सीमा क्षेत्रमा भारतीय नोट धेरै चल्छ । भारुको अधिक प्रयोग रोक्न र नेपाली नोटको उपयोग र विश्वसनियता बढाउन पनि सरकारी निर्णय ठिक छ’, पूर्व अर्थ सचिव शान्तराज सुवेदीले विकासन्युजसँग भने ।

अर्थविद केशब आचार्यले पनि भारतीय मुद्रा माथिको प्रतिबन्धले राष्ट्रिय हित प्रवद्र्धन गरेको टिप्पणी गरे । आचार्यले  नेपालमा भारतीय नोटमाथि पूर्ण प्रतिबन्ध नै लगाउनुपर्ने धारणा समेत राखे ।

‘हाम्रो देशमा हाम्रो मात्रै मुद्रा मात्रै चलाउनु पर्छ । भारु, चिनियाँ वा डलर चल्न दिनु हुन्न । पञ्चायत कालमा भारु चलाउँदा २ हजार जरिवाना र २ वर्ष कैदको व्यवस्था थियो । पछि छाडा छोडियो, अहिले चोक चोक र गल्ली गल्लीमा भारु भेटिन्छ । नेपालमा विदेशी मुद्रामा पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । भारुले नेपाली मुद्रालाई कमजोर बनाउँछ, ७३ सालदेखि आफ्नै मुद्रा छ, भारु चलाउनु आवश्यक छैन’, आचार्यले भने ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उद्यमी भरतराज आचार्यले पनि भारु २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा रोक लगाउने निर्णय नेपाली अर्थतन्त्रका हितमा रहेको बताए ।

भारुमा पुरै प्रतिबन्द लगाऔं- केशब आचार्य, अर्थविद
नेपालको आफ्नै मुद्रा छ, भारतीय मुद्रा हाम्रो होइन । नेपालभित्र भारतीय मुद्राको खुल्ला कारोबार गर्ने कुरा ठिक होइन् । अर्काेतिर तस्करी गर्ने काम ठुला मुद्रामा हुन्छ, त्यसलाई रोक्न पनि ठूला मुद्राहरुको प्रयोगलाई रोक्नु आवश्यक छ । नेपालको अर्थतन्त्रमा आफ्नै पकड कायम गर्न र मुद्रास्फीती नियन्त्रणमा गर्न पनि भारु कारोबार रोक्नु आवश्यक छ ।

म त भन्छु नेपालमा भारु माथी पुर्ण प्रतिबन्ध लगाउनुपर्छ । सय रुपैंयाँको कारोबार पनि रोक्नु पर्छ । नेपालमा हाम्रो मुद्रा मात्रै चलाउनु पर्छ । भारु, चिनियाँ वा डलर चल्न दिनु हुन्न । पञ्चायत कालमा भारु चलाउँदा २ हजार जरिवाना र २ बर्ष कैदको व्यवस्था थियो । पछि छाडा छोडियो, अहिले चोक चोक र गल्ली गल्लीमा भारु भेटिन्छ । नेपालमा विदेशी मुद्रामा पुर्ण प्रतिबन्ध लगाउनुपर्छ । भारुले नेपाली मुद्रालाई कमजोर बनाउँछ । नेपालले आफ्नै मुद्रा छाप्न थालेको ७३ बर्ष भैसक्यो । अब भारु चलाउनु आवश्यक छैन । देशको अर्थतन्त्र जोगाउने हो भने भारतीय मुद्रा माथी पुर्ण प्रतिबन्ध लगाउनुपर्छ ।

नेपाली अर्थतन्त्र आफ्नै नियन्त्रणमा ल्याउन सघाउँछ – शान्तराज सुवेदी, पूर्व सचिव
दुई देशबिच सहमति गरेर एक अर्काे देशका नागरिकले अर्काे देशको मुद्रा २५ हजार रुपैंयाँसम्म चलाउन पाइने व्यवस्था थियो । ५ सय र एक हजार दरका भारुमाथी प्रतिबन्ध लगाएपछि नेपालमा रहेका सो दरका नोट सटही समस्या बनिरहेको छ । सय भन्दा माथीका भारतीय नोटमा नक्कलीको समस्या आईरहेको छ र भारतले त्यसमा नेपाललाई जोड्ने प्रयास गरिरहेको छ ।

त्यसकारण २ सय, ५ सय र २ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाउने सरकारको निर्णय ठिक छ । तर पुरै प्रतिबन्ध लगाउने समय चाँही अहिले भैसकेको ेछैन् । खुल्ला सिमा, व्यापार, सांस्कृतिक सम्बन्धका कारण पुरै प्रतिबन्ध लगाउन हतार गर्नु हुन्न । नाका नाकामा भारत जान चाहनेहरुलाई सटही सुबिधा दिन सक्नुपर्छ । त्यस्तो गर्न नसक्दासम्म पुरै प्रतिबन्ध लगाउन गाह्रो छ । सय रुपैंयाँका नोट चलाउन दिँदा अहिलेलाई खासै समस्या नहोला । तर नेपाली मुद्रा र अर्थतन्त्रको हितका लागि ठुला दरका भारतीय नोटमाथीको प्रतिबन्ध राम्रो निर्णय हो ।

उद्योगी व्यवसायीलाई केहि असर गर्दैन – भरतराज आचार्य, उद्योगी
नेपालमा एक सय रुपैंयाँ दरका भारतीय नोट पहिलेदेखि नै चलनमा थियो । २ सय, ५ सय र २ हजार दरका नोट चलनमा रोक लगाउँदा नक्कली नोट र सुरक्षाको कुरा जोडिएको हुन सक्छ । यी दरका भारु नोटमाथिको प्रतिबन्धले नेपालमा खासै ठूलो असर गर्दैन ।
यसले नेपालको उद्यमशिलता र अर्थतन्त्र, कारोबारमा ठूलो प्रभाव पार्दैन।

भारतले ५ सय र हजार दरका नोट नसाट्दाको कारण पनि नेपाल सरकारले यस्तो निर्णय गरेको हुन सक्छ । नेपाल र भारत धार्मिक र सांस्कृतिक रुपले पनि जोडिएका मुलुक हुन् । नागरिक नागरिकको सम्बन्ध पनि छ । नेपाल आउने भारतीय पर्यटकका लागि सटही सुबिधामा केहि जटिलता आउन सक्छ की भन्ने हो तर अहिले त डिजिटल भुक्तानी प्रणाली आईसकेको छ । त्यसकारण ठूला दरका भारतीय नोट माथीको प्रतिबन्धले नेपालको अर्थतन्त्र र उद्यमशिलता प्रवद्र्धनमा कुनै असर गर्दैन। बरु यो त देशको अर्थतन्त्रकै पक्षमा छ ।

Share News