जापानमा घर फालाफाल, सित्तैमा दिँदा पनि बस्ने मानिस भेटिएनन्

<p>जापान । चारवर्ष अघि जापानको नागरिक नाओको र ताकायोकी इडालाई निःशुल्क घर दिएको थियो । ओकातोमा भन्ने सानो शहरमा उक्त घर रहेको थियो । घर ठूलो र फराकिलो थियो । त्यो दम्पती यस अघि आफ्ना तीन सन्तानसहित नाओकोको परिवारसँग बस्दै आएका थिए । उक्त घरमा वस्नु अगाडी ति जोडिका लागि त्यो घर मर्मत गरिदिने ४५ [&hellip;]</p>

जापान । चारवर्ष अघि जापानको नागरिक नाओको र ताकायोकी इडालाई निःशुल्क घर दिएको थियो । ओकातोमा भन्ने सानो शहरमा उक्त घर रहेको थियो । घर ठूलो र फराकिलो थियो । त्यो दम्पती यस अघि आफ्ना तीन सन्तानसहित नाओकोको परिवारसँग बस्दै आएका थिए । उक्त घरमा वस्नु अगाडी ति जोडिका लागि त्यो घर मर्मत गरिदिने ४५ वर्षिय नाओका भन्छिन्–‘हामी सधै ग्रामिण क्षेत्रको सुन्दर एवंम ठूलो बगैंचा भएको घरमा बस्न चाहन्थ्यौं ।’

निःशुल्क घर वितरणको कुरा सुन्दा कतै यो ठग्ने तरिका त होइन भन्ने भान हुन सक्छ । तर यो जापानमा सुन्दै अचम्म लाग्ने कथा यतिबेला समस्याकै रुपमा खडा भएको छ । जापानका ग्रामिण वस्तीहरुमा घर र सम्पत्ति व्यवारिसे रुपमा छाड्ने समस्या रहेको छ । यहाँ मानिसको संख्या भन्दा पनि घरको संख्या धेरै रहेको छ ।

जापानको पोलिसी फोरमका अनुसार, सन् २०१३ मा जापान ६१ लाख घरहरु रहेका थिए जसमा ५१ लाख घरमा मात्र मानिस बस्थे । नसंख्या तथा सामाजिक सुरक्षाका अनुसार सन् २०६५ सालसम्म जापानको जनसंख्या १२६ लाखबाट घटेर ८८ लाख हुने आशंका गरिएको छ । विशेष गरि युवाहरु कामका ग्रामिण इलाका छोडेर शहरीक्षेत्रमा जाने भएकोले जापानमा ग्रामिण क्षेत्रका घरहरु भुतघर भन्दा कम छैनन् ।

यतिसम्म कि सन् २०४० भित्र जापानका ९०० ग्रामिण बस्तीहरु लोप हुने अनुमान गरिएको छ , ओकोतामा त्यो मध्यको एक बस्ती हो । जहाँ सन् १९६० मा ओकोतामा १३ हजार घरमा मानिसहरु बस्ने गरेका थिए ,त्यहाँ विशेष गरि टिम्बर काठको व्यापार राम्रो चलेको थियो तर बाहिरी आयात बढेसँगै उक्त रुखको माग घट्दै गयो । जसको फलस्वरुप युवाहरु शहर तर्फ प्रस्थान गर्न थाले । हाल उक्त ओकोतामा ५ हजार घरमा मात्रै मानिस बस्दै आएका छन् ।

सन् २०१४ मा आकिया बैंकले खाली घर योजना लिएर आयो । जसमा बुढेस काल लाग्दै गरेको घर मालिकको सम्पत्ति संभावित खरिदकर्तालाई मिलाएर बेच्ने प्रक्रिया हुन्छ । सो प्रक्रिया अनुसार नै उक्त बैंकले ती खाली घरहरुलाई मर्मत गर्नका लागि मद्दत गर्दछ, र प्रत्येक सय मिटर बराबर आठ हजार आठ सय २० डलर प्रदान गर्दछ । सरकारले ४० वर्ष भन्दा मुनीका मानिस पाउन सक्छ भने अर्काे तर्फ बच्चाहरु १४ वर्ष भन्दा मुनीको हुनु पर्ने, श्रीमान र श्रीमतीमा एक जनाको उमेर ५० वर्ष भन्दा कम भएकाहरुले मात्र उक्त घर पाउने व्यवस्था रहेको बताएको थियो । मनिसहरु अक्सर नयाँ घर तर्फ आकिर्षत हुन्छन, त्यसकारण यस्ता पुराना घर बिक्रि गर्न त्यति सहज भने छैन् ।

सेकेन्ड ह्याण्ड घर
ओकोतामा ३ हजार घरहरु छन् ती मध्ये ४ सय घरहरु खाली रहेको छन् । जसमा पनि आधा घर मात्र बस्न लायक छन् । बाँकी घरहरु कुनै जिर्ण अवस्थामा छन् भने कुनै पहिरो जाने जोखिमको क्षेत्रमा रहेका छन् । २० औं शताब्दीमा दुई प्रमुख कारणले गर्दा जापानको जनसंख्यामा ठूलो फेर बदल आयो । दुईवटा विश्वयुद्ध र सन् १९८० को आर्थिक मन्दिको कारण ठुलो क्षतिको सामना गर्नु परेको थियो । यी दुई कारणले गर्दा मानिसहरु धेरै संख्यामा सस्ता र गुणस्तरहिन घर बनाउन बाध्य भएका थिए ।

फुजिचु अनुसन्धान संस्थाका एक वरिष्ठ खोजकर्ताका अनुसार त्यस समयमा त्यसरी बनाएका घरहरु गुणस्तरहिन रहेका थिए । त्यसकै प्रतिपलल स्वरुप ८५ प्रतिशत मानिसहरुले नयाँ घर किनेका थिए । जापान सरकारले यस समस्या प्रति कुनै ध्यान दिएको छैन । सन् २०१५ मा सरकारले खाली भएका घरलाई मर्मत गर्न वा त्यसलाई भत्काउनका लागि घर खाली छोड्ने मानिसलाई सजाय दिने निर्णय गरेको थियो ।
यद्यपी जापानमा खाली घर भन्दा खाली जग्गा छेड्ने मानिसहरुलाई सरकारले बढी कर लिन गरेको छ । जापानमा शहरी व्यवस्थापनका योजनाहरु कमजोर रहेको टोकियो विश्वविद्यालयका वास्तुकलाका प्रोफेसरले बताए ।

ग्रामिण क्षेत्रलाई आकर्षक बनाउने तरिका
ओकोतामा हालसम्म ९ वटा खाली घरले मात्रै परिवार भेटाएका छन् । ति परिवार कोहि चीनका छन् भने कोही न्यूयोर्कका रहेका छन् । शहरी वातावरणबाट दिक्दार भई केहि जनसंख्या ग्रामिण क्षेत्रको सुन्दर एवंम शान्त वातावरणमा रमाउन गएका छन् । त्यहाँ आएका नयाँ परिवारलाई घरमात्र नभएर ओकोताको स्थानीय आर्थिक विकासलाई अगाडी बढाउन पनि पुराना बासिन्दाहरुले सघाउनु आवश्यक छ ।

यदि मानिसहरुले उत्पादन मुलक आर्थिक गतिविधिलाई बढावा दिने हो भने ग्रामिण क्षेत्रमा बस्न सक्ने अवस्था सिर्जना हुने वासिङ्गटन विश्वविद्यालयका एक वास्तुकला प्रोफेसर बताउँछन् ।

दक्षिण जापानमा पर्ने कमीयामा आईटी कम्पनीको स्थापनासँगै शहरी जीवनबाट दिक्क भएका मानिसहरु कामका लागि उक्त शहरमा आएका छन् । जुन सन् २०११ मा घटेको जनसंख्याभन्दा धेरै रहेको छ । हराउँदै गएका ग्रामिण बस्तीहरुका लागि नयाँ बासिन्दाहरुको प्रवेश वरदान सावित हुँदैछ ।

ओकोतामाको बस्ती पहिले भन्दा बाक्लीएको छ । सय वर्ष पुराना घरहरुलाई मर्मत गरेर क्याफे बनाइएको छ । एक महिलाका अनुसार पहिला पहिला बाँदरहरु घरमा आएर सागसब्जी खाईदिन्थे तर बस्ती बाक्लिएसँगै आउन छाडेका छन् । यद्यपि आफ्नो लागि ओकोतामा स्थायी घर भेट्टाईसके पनि उनलाई आफ्ना छोरा छोरीको भविष्यको भने चिन्ता कायमै छ । उनकी जेठी छोरी सुन्दर भविष्यका लागि त्यस ठाउँलाई छोडेर शहरमा जान आतुर छिन् ।-सिएनएनको सहयोगमा

Share News