ब्याज दर बढाउने प्रतिष्पर्धामा बैंकहरु, जनता बैंकले १२% ब्याज दिएपछि माछापुच्छ्रेले १२.५ % दियाे

<p>काठमाडौं । बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर साढे १० प्रतिशत भन्दा बढी नदिने भद्र सहमति तोडेसँगै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिष्पर्धा सुरु भएको छ । मंगलबार २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी छलफलले साढे १० प्रतिशतको ब्याजदर सीमा सम्बन्धी भद्र सहमति तोड्ने निर्णय गरेको थियो । सोही निर्णयपछि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिष्पर्धा सुरु भएको हो [&hellip;]</p>

काठमाडौं । बैंकर्स संघले मुद्दति निक्षेपको ब्याजदर साढे १० प्रतिशत भन्दा बढी नदिने भद्र सहमति तोडेसँगै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिष्पर्धा सुरु भएको छ । मंगलबार २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी छलफलले साढे १० प्रतिशतको ब्याजदर सीमा सम्बन्धी भद्र सहमति तोड्ने निर्णय गरेको थियो ।

सोही निर्णयपछि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिष्पर्धा सुरु भएको हो । जनता बैंकले १२ प्रतिशत ब्याजदरमा जनता मुद्दति खाताको अफर ल्याएको छ । जनताकाे अफर अाए लगत्तै माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत ब्याज दिने गरी व्यक्तिगत मुद्दति खाता योजना अघि सारेको छ । यसअघि बैंकर्स संघले मुद्दति निक्षेपमा साढे १० प्रतिशत भन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको थियो ।

मंगलबारको बैठकले संस्थागत निक्षेप ४५ प्रतिशत भन्दा बढी भएका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर बढाउन सक्ने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘संस्थागत निक्षेपको मात्रामा ४५ प्रतिशत भन्दा बढी बनाउन नहुने व्यवस्था छ, त्यस्तो अवस्थामा पुगेका बैंकहरुले व्यक्तिगत मुद्दति ब्याजदर बढाउन पाउने सहमति भएको हो’, संघका अध्यक्ष ढुंगानाले भने ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले व्यक्तिगत मुद्दति निक्षेपको व्याजदरमा सीमा कायम नगर्ने सहमति बैंकर्सबीच भएको बताए । ‘व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरमा यसअघि तोकिएको सीमा सम्बन्धी भद्र सहमतिलाई निरन्तरता दिनु नपर्ने निर्णय भएसँगै हामीले नयाँ व्याजदर प्रस्ताव गरेका हौं’, जनता बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

Share News