काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको पदपूर्तिको लागि लोक सेवा आयोगलाई माग संख्या पठाउने भएको छ । विभिन्न ७ श्रेणीको लागि मन्त्रालयले माग संख्या पठाउने तयारी गरेको हो ।
मन्त्रालयले माग संख्या पठाउन अन्तिम तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । ‘हामीले २ महिनाअघि नै सह-सचिव र उपसचिवको माग संख्या पठाउनु पर्ने थियो तर सरकारकै निर्णयबाट २ महिनापछि सारिएको हो, प्रवक्ता अधिकारीले विकासन्युजसँग भने मलाई जानकारी भएसम्म केहि दिनमै माग संख्या जान्छ ।’
लोकसेवा आयोगले आफ्नो कार्यतालिका सच्याएर मंसिर अन्तिम बुधबार (२६ गते)बाट विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले विभिन्न ७ श्रेणीको पदमा विज्ञापन खोल्ने तयारी गरेको छ । तर लोकसेवा आयोगले पठाएको पत्र अनुसार अहिलेसम्म १ जनाको पनि माग संख्या नआएको आयोगका सह प्रवक्ता देवीप्रसाद सुविदीले बताए । उनका अनुसार ४ निकायलाई मंसिर १५ भित्र मागसंख्या पठाउन मन्त्रालयलाई पत्राचार गरेको थियो । आयोगले प्रविधिक र अप्राविधिक दुबै तहको माग संख्या पठाउन सामान्य प्रशासन मन्त्रालय, न्यायपरिषद सचिवालय, स्वास्थ्य मन्त्रालय र व्यवस्थापिका संसदलाई पत्र काटेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।
‘हामीले काटेको पत्र अनुसार मागसंख्या आएको छैन, तर विज्ञापन मितीभन्दा अघि मागसंख्या आए हामी तोकिएकै तालिकामा विज्ञापन गर्न सक्षम हुनेछौं ।’
यस्तो छ आयोगको मंसिरको तालिका
