मुहार फेर्दै कमलपोखरी, तयार भयो यस्तो डिजाईन

<p>काठमाडौं । कमल पोखरीले एक बर्षभित्रै मुहार फेर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी एक बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि कमल पोखरीको नयाँ डिजाइन तयार पारेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको नयाँ डिजाइन सार्वजनिक गरेका हुन् । कमल पोखरीको अस्थित्व जोगाउँदै निर्माण गर्ने मेयर शाक्यको [&hellip;]</p>

काठमाडौं । कमल पोखरीले एक बर्षभित्रै मुहार फेर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी एक बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि कमल पोखरीको नयाँ डिजाइन तयार पारेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको नयाँ डिजाइन सार्वजनिक गरेका हुन् ।

कमल पोखरीको अस्थित्व जोगाउँदै निर्माण गर्ने मेयर शाक्यको भनाई थियो । उनले योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हातेमालो गरेर अघि बढ्न आग्रह गरे । उनले सहमतिका साथ काम अघि बढ्ने हो भने ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने दाबी गरे ।

छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको उनको भनाई छ ।
मेयर शाक्यले पार्क, पोखरी सबै धर्म र आस्था भएकाहरुको साझा हुने भन्दै सो पोखरीको अस्तित्व जोगाउने गरी निर्माण गर्ने पनि जानकारी दिए ।

‘हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई–भाई पोखरी बनाउन खोजिरहेका छैनौँ,’ मेयर शाक्यले भने, ‘हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौँ ।’ उनले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागि पर्ने बताए । ‘नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद,’ थापाले कमल पोखरी निर्माणको ढाँचा हेरेपछि खुशी हुँदै भन्नुभयो, ‘निकै मेहनतका साथ काम गर्नुभएको रहेछ । मलाई एकदम मन पर्यो । हामी महानगरपालिकासँग मिलेर कामगर्न तयार छौँ । अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔँ ।’

सांसद थापाले कमल पोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्नेलगायतका कुरामा पनि पहल गर्नुपर्ने उनको भनाई थियो । ‘योजना राम्रो बनेको छ । कमल पोखरी विकास समाजसँग पनि छालफल गरौँ, त्यहाँका क्लवका साथीहरुसँग पनि सहकार्य गरेर अघि बढौँ,’ थापाले भने, ‘यो पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस ।’

प्रदेश सभा सदस्य नरोत्तम वैद्यले भने पोखरीको डिलमा राजनीतिक दलका लागि भाषण गर्ने ठाउँ थप्नुपर्ने धारणा राखेका थिए ।

Share News