काठमाडाैंको चारै नाकामा अस्पताल बन्ने, थानकाेटमा सुरु भयाे निर्माणकाे पहल

<p>काठमाडौँ । काठमाडाैं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ अाेटै मुख्य नाकाहरुमा अस्पताल बन्ने भएकाे छ । काठमाडाै‌काे पूर्वतर्फ भक्तपुरकाे साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा अस्पताल बन्ने भएको छ । उक्त अस्पताल थापाथलीस्थित प्रसूति गृह अस्पतालकाे शाखाको रुपमा विस्तार गरिन लागेकाे हाे । प्रसुति गृहमा बिरामीको अत्यधिक चाप रहेकाे र [&hellip;]</p>

काठमाडौँ । काठमाडाैं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ अाेटै मुख्य नाकाहरुमा अस्पताल बन्ने भएकाे छ । काठमाडाै‌काे पूर्वतर्फ भक्तपुरकाे साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा अस्पताल बन्ने भएको छ । उक्त अस्पताल थापाथलीस्थित प्रसूति गृह अस्पतालकाे शाखाको रुपमा विस्तार गरिन लागेकाे हाे । प्रसुति गृहमा बिरामीको अत्यधिक चाप रहेकाे र उपत्यका बाहिरबाट अाउने बिरामीहरु ट्राफिक जामका कारण ढिलाेमात्र अस्पताल पुग्नाले मातृ शिशुकाे स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै मृत्युदर समेत उच्च हुने गरेकाेले नाकाहरुमै अस्पताल खोलेर सेवा दिन लागिएकाे बताइएकाे छ ।

पहिलाे चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेकाे थानकाेट क्षेत्रमा अस्पताल बनाइने बताइएकाे छ । उक्त अस्पतालका लागि प्रसुति गृहका प्रमुख डायश्वर गाैतमकाे नेतृत्वमा गएकाे जर्मन विज्ञ टाेलीले सम्भाव्यता अध्ययन समेत गरेर गएकाे  मेयर घनश्याम गिरीले बताए । उक्त अस्पतालका लागि नगरपालिकाले प्रसुतिगृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएकाे छ । हाल नगरपालिकाकाे स्वामित्वमा थानकाेटमा ८ काेठे भवनसहितकाे जग्गा छ । त्याेसँगै अर्काे भवन बनाएर अस्पताल सञ्चालन गर्ने याेजना रहेकाे मेयर गिरीकाे भनार्इ छ ।

उक्त अस्पतालमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भए पनि विस्तारै जनरल अाेपीडी, अाँखा, दाँत, क्षयराेग लगायतका सेवा समेत अस्पतालले उपलब्ध गराउनेछ । काठमाडाै‌ंकाे भित्रने र बाहिरिने सबैभन्दा बढी चाप याे नाकामा रहेकाेले पहिलाे चरणमा याे क्षेत्रलार्इ लिइएकाे हाे । अस्पताल बनेपछि उपत्यका बाहिरका सेवाग्राहीहरुले समयमै सेवा पाउने विश्वास मेयर गिरीले व्यक्त गरे ।

Share News