अब डेपुटी सीईओ र जनरल मेनेजरलाई पनि ६ महिने कुलिङ पिरियड

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका डेपुटी सीर्इओ र जनरल मेनेजरलाई पनि ६ महिनाको कुलिङ पिरियड लगाउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत केन्द्रिय बैंकले डेपुटी सीईओ र जनरल मेनेजरहरुलाई पनि कुलिङ पिरियड लागू गर्न लागेको हो । ‘सीईओ र सञ्चालकलाई मात्रै होइन, डेपुटी सीईओ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका डेपुटी सीर्इओ र जनरल मेनेजरलाई पनि ६ महिनाको कुलिङ पिरियड लगाउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत केन्द्रिय बैंकले डेपुटी सीईओ र जनरल मेनेजरहरुलाई पनि कुलिङ पिरियड लागू गर्न लागेको हो ।

‘सीईओ र सञ्चालकलाई मात्रै होइन, डेपुटी सीईओ र जनरल मेनेजरहरुलाई पनि ६ महिने कुलिङ पिरियड लगाउनुर्छ भन्ने निष्कर्षका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरेका हौं, केहि समयभित्रै त्यस्तो व्यवस्था कार्यान्वयनमा आउँछ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले विकासन्युजसँग भने ।

केन्द्रिय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा लेखेको छ-‘बैंक तथा वित्तीय संस्थामा संचालक एवम् प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउँदै संस्थागत सुशासन प्रबद्र्धन गर्न आवश्यक नीतिगत व्यवस्था गरिसकिएको परिप्रेक्ष्यमा यस्तो व्यवस्था निश्चित तहसम्मको पदाधिकारीलाई समेत अनिवार्य गरिनुका साथै प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी व्यवस्थालाई थप पारदर्शी बनाउन आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।’

केहि समय भित्रै एउटा बैंक तथा वित्तीय संस्थाको डेपुटी सीईओ वा जनरल मेनेजरको जिम्मेवारीमा रहेकाहरुले जागिर छाडेको ६ महिनापछि मात्रै अर्काे सोही प्रकृतिको संस्थामा आवद्ध हुन पाउनेछन् । ‘हामी व्यापक छलफलमा छौं, केहि समयभित्रै सर्कुलर जारी हुन्छ’, डेपुटी गभर्नर शिवाकोटीले भने ।

बैंक तथा वित्तीय संस्थाहरुमा डेपटी सीईओ र जनरल मेनेजर पद स्थायी हुन्छ । प्रमुख कार्यकारी अधिकृपछि दोश्रो वरियतामा रहने डेपुटी सीईओ र जनरल मेनेजरहरु एक जनादेखि आधा दर्जनको संख्यामा पनि रहन सक्छन् । केन्द्रिय बैंकले आफ्ना कार्यकारी निर्देशकहरुलाई अवकास पाएको निश्चित समयपछि मात्रै अन्यत्र जागिर खान पाउने व्यवस्था ल्याएको थियो । सोही व्यवस्थामा टेकेर केन्द्रिय बैंकले डेपुटी सीईओ र जनरल मेनेजरलाई समेत कुलिङ पिरियड लगाएको बाणिज्य बैंकका एक डेपुटी सीईओले बताए ।

Share News