काठमाडौं । मंसिर १३ गतेदेखि १६ गतेसम्म उपत्यकामा जोर बिजोर आधारमा सवारी चल्ने भएको छ । ४ दिनसम्म हुन लागेकाे दक्षिण एसिया प्यासिफिकको सम्मेलनका पाहुनाको सुरक्षाको लागि प्रहरीले यो प्रणाली लागू गरेको हो ।
ट्राफिक माहाशाखाका अनुसार मंसिर १३ र १५ गते बिजोर र १४ र १६ गते जोर सवारी मात्र चल्नेछ ।
