सामाजिक सुरक्षा कोषले वृद्ध भत्तालाई चुनौती दिने, बैशकाे पसिना बुढेसकालमा फल

<p>काठमाडौं । सरकारले मंगलबार ठूलो तामझामको साथ सामाजिक सुरक्षा कोषको शुरुवात गर्यो । सरकारको यो कदमको प्रशंसा भैरहेको छ । सबै रोजगारदाताहरुको सरकार समक्ष एउटै आवाज थियो, सामाजिक सुरक्षा कोषलाई द्रुत गतिमा अघि बढाउनु । कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका महासचिव कमलेश अग्रवालदेखि उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासम्मले नेपालमा लगानीको वातावरण बनाउन र नेपाल [&hellip;]</p>

काठमाडौं । सरकारले मंगलबार ठूलो तामझामको साथ सामाजिक सुरक्षा कोषको शुरुवात गर्यो । सरकारको यो कदमको प्रशंसा भैरहेको छ । सबै रोजगारदाताहरुको सरकार समक्ष एउटै आवाज थियो, सामाजिक सुरक्षा कोषलाई द्रुत गतिमा अघि बढाउनु ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका महासचिव कमलेश अग्रवालदेखि उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासम्मले नेपालमा लगानीको वातावरण बनाउन र नेपाल उद्योग व्यवसायीहरुको समस्या कम गर्न सरकारलाई आग्रह गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालीहरु विश्व श्रम बजारमा श्रमिकका रुपमा मात्र नभएर म्यानेजरको भूमिका निर्वाह गर्न सक्ने बताए । उद्योगीहरुले अबको केही वर्षमा नै कोषको रकम बढेर सबैभन्दा धेरै हुने बताए ।

सबै पक्षको प्रतिवद्धता पछि हौसिएका श्रम मन्त्री गोकर्ण विष्टले मंसिर ११ गते नेपाली मजदुरको लागि एेतिहासिक दिन भएको बताए । उनले भने-‘यो कार्यक्रमले रोजगार दिने र लिनको बीचको सम्बन्ध सुमधुर हुनेछ । यसबाट नेपाल नयाँ युगमा पुगेको छ, अब नेपाली मजदुरले ढुक्क भएर काम गर्न पाउने वातावरण सृजना भएको छ ।’

सामाजिक सुरक्षा काेषमा शारीरिक, मानसिक र बौद्धिक श्रम गर्ने सबैलाई समावेश गर्ने मन्त्री विष्टको जोड रहेको थियो । सबै श्रमिकहरुलाई यस कार्यक्रममा सहभागी भई सुरक्षित हुन सबै मजदुरहरुलाई आग्रह गरे ।

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री केपी ओली शर्माले अाफ्ना विचार राख्न पौने घण्टा खर्चिए । सामाजिक सुरक्षा कोषले बृद्धभत्तालार्इ निरुत्साहन गर्ने ओलीले बताए । उनले भने-‘अब बुढेसकालमा बैशको मात्र कुरा गर्नु पर्दैन, बैशको पसिनाको फल पनि पाइन्छ ।’ सामाजिक सुरक्षा कोष बलियो भए केही वर्षमै वृद्ध भत्तालाई चुनौती दिने ओलीको भनार्इ थियो ।

यसरी शुरु हुनेछ सामाजिक सुरक्षा कोष

यस योजनामा सहभागी हुनका लागि रोजगारदताले अनलाइनबाट लग इन गरी सुचिकरण हुनुपर्नेछ । रोजगारदाताले ३ महिनाभित्र आफ्ना कर्मचारी र श्रमिकको विवरण पेश गर्नुपर्नेछ । श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताको १८.३३ प्रतिशत थप गरी कोषमा जम्मा गर्नु पर्नेछ ।

यसमा मजदुरले ४ किसिमको सुविधा प्राप्त गर्न सक्नेछन् । यसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशत्तलताको सुविधा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षाको सुविधा हुनेछ ।

Share News