१७५ रुपैंया बजारमूल्य भएको कम्पनीको शेयर कसले किन्दैछ १९० रुपैंयामा ?

<p>काठमाडौं । भारतको मुत्तुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्सको २१ लाख कित्ता शेयर किन्ने भएको छ । फाइनान्सको शेयर मुत्तुटले प्रतिकित्ता १९० रुपैंयामा उक्त परिमाणको शेयर खरिद गर्ने भएको हो । फाइनान्सको २१ लाख कित्ता शेयर मुत्तुटले १८ करोड ९० लाख रुपैंया प्रिमियम थप गरी खरिद गर्नेगरि गत कात्तिक ३० गते नै संयुक्त पुँजी लगानीसम्बन्धी सम्झौता [&hellip;]</p>

काठमाडौं । भारतको मुत्तुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्सको २१ लाख कित्ता शेयर किन्ने भएको छ । फाइनान्सको शेयर मुत्तुटले प्रतिकित्ता १९० रुपैंयामा उक्त परिमाणको शेयर खरिद गर्ने भएको हो । फाइनान्सको २१ लाख कित्ता शेयर मुत्तुटले १८ करोड ९० लाख रुपैंया प्रिमियम थप गरी खरिद गर्नेगरि गत कात्तिक ३० गते नै संयुक्त पुँजी लगानीसम्बन्धी सम्झौता भएको युनाइटेड फाइनान्सले जनाएको छ ।

उक्त लगानी भित्रिएपछि फाइनान्सको हाल रहेको ८० करोड ५० लाख चुक्ता पुँजी बढेर १ अर्ब १ करोड ५० लाख कित्ता पुग्नेछ । २१ लाख कित्ता शेयर किन्दा मुत्तुट फाइनान्सको युनाइटेड फाइनान्समा २०.६८ प्रतिशत हिस्सा कायम हुन्छ ।

मुत्तुट फाइनान्स भारतको प्रतिष्ठित फाइनान्स हो । १३१ बर्षअघि खुलेको सो फाइनान्सको भारतमा ४५०० भन्दा बढी शाखा र २५ हजार भन्दा बढी कर्मचारी छन् । ६० लाख भन्दा बढी ग्राहक रहेको उक्त फाइनान्समा दैनिक २ लाख ग्राहकले कारोबार गर्ने गरेको बताइएको छ । यो कम्पनी भारतमा सबैभन्दा बढी सुन कर्जा प्रवाह गर्ने बैंक रहेको समेत बताइएको छ ।

युनाइटेड फाइनान्सको हालको १७५ रुपैंया छ । मुत्तुट फाइनान्सले बजारमूल्य भन्दा बढी मुल्य दिएर युनाइटेड फाइनान्समा लगानी गर्न लागेको हो ।

Share News