बैंकरलाई गभर्नरको प्रश्नः निक्षेप बढाउन छाडेर सीसीडीमा बार्गेनिङ गर्ने ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई सीसीडी अनुपात घटाउने सन्दर्भमा बार्गेनिङ नगर्न चेतावनी दिएका छन् । नेपालले बैंक तथा वित्तीय संस्थाले आफ्नो निक्षेप संकलन तथा कर्जा विस्तार योजनाबद्ध ढंगले गर्न नसकेको भन्दै  नेपालले भने &#8211; &#8216;बजारबाट जति कर्जाको माग आयो त्यो खुरुखुरु दिने तर निक्षेप बढाउन नसक्ने, अनि सुरक्षाका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई सीसीडी अनुपात घटाउने सन्दर्भमा बार्गेनिङ नगर्न चेतावनी दिएका छन् । नेपालले बैंक तथा वित्तीय संस्थाले आफ्नो निक्षेप संकलन तथा कर्जा विस्तार योजनाबद्ध ढंगले गर्न नसकेको भन्दै  नेपालले भने – ‘बजारबाट जति कर्जाको माग आयो त्यो खुरुखुरु दिने तर निक्षेप बढाउन नसक्ने, अनि सुरक्षाका राखिएको २० प्रतिशत सीसीडी रेसियाेमा  आँखा लगाउने ?’

नेपालले सरकारी बै‌ंकहरुमा अझै पनि लगानीयाेग्य पुँजीकाे अभाव नभएकाे भन्दै नीजि क्षेत्रका बै‌ंकहरु वित्तीय व्यवस्थापन गर्ने सन्दर्भमा चुकेकाे अाराेप लगाए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको ‘सोसल डाइलग अन ब्याङ्क एण्ड फाइनान्सियल सेक्टर इस्यु’ कार्यक्रममा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थामा ‘सोसल डाइलग’को मुख्य विषयबस्तु भनेकै जनताको पैसाको सुरक्षा भएकोले त्यसमा नेपाल राष्ट्र बैंकले सम्झौता गर्न नसक्ने प्रष्ट पारे ।

राजधानीको कान्तिपथ स्थित एल्लो प्यागोडा होटलमा भएको कार्यक्रममा उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । थापाले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुकाे अाकार कुल ग्राहर्स्थ उत्पादन भन्दा बढी पुगेकाे भन्दै केही समस्या रहे पनि नेपाली वित्तीय क्षेत्रमा ठुलाे प्रगति हासिल भएकाे अाँकडा प्रस्तुत गरे ।

Share News