विद्या सुन्दरको ‘सुन्दर काठमाडौं’ अभियान, आफैं उत्रिए ढल सफा गर्न

<p>काठमाडौँ । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ । महानगरले गत कात्तिक २९ गते शहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुरुपम शनिबार सडकको नालीमा बनाइएका अनावश्यक र्याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर [&hellip;]</p>

काठमाडौँ । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ । महानगरले गत कात्तिक २९ गते शहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुरुपम शनिबार सडकको नालीमा बनाइएका अनावश्यक र्याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफागर्ने कामको थालनी गरेको हो ।

शनिबार विहानको झुल्के घाँमसँगै शान्तिवाटिकाबाट शुरु भएको अभिायन बागबजार, डिल्ली बजार, मैतिदेवी, पुरानोबानेश्वर हुँदै सिनामंगल पुगेर टुंगीएको थियो । सो खण्डको सडकका धुलो, हिलो निकाल्नुका साथै ढलहरुको सफाई पनि गरिएको थियो ।
शान्तिबाटिकामा अभियानको आरम्भ गर्दै मेयर शाक्यले यसलाई निरन्तरता दिने घोषणा पनि गरे ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौँलाई धुलो धुवाँमुक्त बनाएर ’नो मास्क सिटी’ बनाउने बाचा गरेका थिए । मेयर शाक्यले चुनावी अभियानकै क्रममा मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने र विशेष प्रविधिको प्रयोग गरि धुलो तथा खाडलरहित काठमाडौँ निर्माण गर्ने योजना आफूसँग भएको पनि बताएका थिए ।

महानगरले यस अघि नै विभिन्न ठाउँमा ग्रिनरी मेण्टेन गर्ने, कतिपय ठाउँमा ‘आइल्याण्ड’ बनाएर त्यहा पानी हाल्ने काम गरिरहेको महानगरपालिकाले धुलो उठाउन सहज होस भनेर पाँच ओटा बु्रमर खरीद प्रक्रियालाई समेत अघि बढाएको छ ।

कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल विद्युतप्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।

Share News