सभापति देउवाले कहाँबाट पैसा ल्याउनुहुन्छ मलार्इ थाहा हुँदैन-काेषाध्यक्ष सीतादेवी यादव

<p>कोषाध्यक्षको हैसियतले पार्टी सञ्चालनमा तपाईको अढाई वर्षको अनुभव कस्तो रह्यो ? एक दमै राम्रो भयो । पार्टीमा पहिलो पटक म कोषाध्यक्ष भएको, धेरै कुराको अनुभव भयो, धेरै कुरा सिकेँ । के सिक्नुभयो ? कोष कसरी आउछ, कुन कुन काममा खर्च गर्ने, कसरी खर्च गर्ने भन्ने सिकेँ । पैसा पार्टीमा कहाँबाट आउदो रहेछ ? हाम्रो पाटीमा [&hellip;]</p>

सीतादेवी यादव,कोषाध्यक्ष–नेपाली काँग्रेस

कोषाध्यक्षको हैसियतले पार्टी सञ्चालनमा तपाईको अढाई वर्षको अनुभव कस्तो रह्यो ?

एक दमै राम्रो भयो । पार्टीमा पहिलो पटक म कोषाध्यक्ष भएको, धेरै कुराको अनुभव भयो, धेरै कुरा सिकेँ ।

के सिक्नुभयो ?

कोष कसरी आउछ, कुन कुन काममा खर्च गर्ने, कसरी खर्च गर्ने भन्ने सिकेँ ।

पैसा पार्टीमा कहाँबाट आउदो रहेछ ?

हाम्रो पाटीमा ५ लाख क्रियाशिल सदस्य हुनुहुन्छ । प्रत्येक सदस्यले वार्षिक १०० रुपैयाँ दिनुहुन्छ । क्रियाशिल सदस्यको नविकरण शुल्क, प्रतिनिधिसभाको सांसद, प्रदेश सभा सदस्यको लेबी, शुभेच्छुक दाताबाट आएको पैसाले नै हाम्रो कोष सञ्चालन हुन्छ ।

क्रियाशिल सदस्यबाट आएको शुल्क जम्मा ५ करोड हुँदो रहेछ । पार्टी सञ्चालन हुन एक वर्षमा कति पैसा लाग्दो रहेछ ?

हाम्रो आन्तरिक हिसावकिताव भईरहेको छ । लेखापरिक्षक नियुक्त भईसकेको छ । उहाँहरुले हिसाव किताव निकाल्दै हुनुहुन्छ । त्यो हिसाव केही दिनमा तयार हुन्छ । त्याे हिसाव पहिला मलार्इ अाउँछ । त्यसपछि सबै हिसाव महासमितिको बैठकमा पेश गर्छु । त्यसपछि सबै हिसाव वाहिर आउँछु ।

शुल्क, लेबी, चन्दा गरेर कोषमा कति रकम उठ्छ वर्षमा ?

आउँछ, जान्छ, यसको ठेगान नै हुँदैन । कर्मचारी खर्च महिनाको ७ लाख जति लाख्छ । बिजुली, पानी, नास्ता चाहियो मिटिङ चलेको बेलामा । टेलिफोन खर्च भयो, इन्टरनेट खर्च भयो ।

जम्मा संकलन कति हुन्छ ?

६३ जना सांसदको लेबि हुन्छ । क्रियाशित सदस्यबाट आउँछ । कहिलेकहीँ नपुगेको पैसा हाम्रो सभापतिले व्यवस्थापन गर्नुहुन्छ ।

सभापतिले कहाँबाट पैसा ल्याउनुहुन्छ ?

त्यो त मलाई थाहा छैन । तर घटेको बेलामा उहाँले नै मिलाउनुहुन्छ । अहिले त कोषबाट चलिरहेको छ ।

घरको कोष चलाउन र पार्टीको कोष चलाउन कुन सजिलो, कुन गाह्रो ?

घरको कोष चलाउन सजिलो हुन्छ, म अनाहक खर्च गर्दिन । तर पार्टीको कोषमा कतिपय खर्चमा मलाई मन नपरे पनि दिनुपर्छ ।

जस्ताे केमा मन परेन र केमा दिनु पर्याे ? 

याे हाम्राे पार्टीभित्रकाे कुरा हाे । तर कसैले ल्याएकाे र मन नपरेकाे ठाउँमा पनि खर्च गर्नुपर्छ ।

खर्च गर्नु पर्याे भनेर प्रस्ताव अाएकाे तर खर्छ गर्न तपार्इले नमानेकाे उदाहरण पनि छन् ? 

धेरै छन् । मैले पार्टीकाे काेषलार्इ व्यवस्थित, पारदर्शी र मितव्यायी बनाउन धेरै काेशिष गरिरहेकाे छु । तर अहिलेसम्म त्याे भएकाे छैन । काेसिष जारी राखेकाे छु ।

एउटा दुर्इटा उदाहरणा दिनु न यस्ताे यस्ताे प्रस्ताव अाएका थिए, मैले राेकिदिए ?

छाेड्नु न । तपार्इहरूलार्इ थाहा नै छ याे हाम्रा पार्टीकाे अान्तरिक कुरा हाे । मैले धेरै कुरा राेकेकाे छु, मलार्इ मन परेन । मन नपरेकाे कुरा गर्दिन । अनावश्यक खर्च गर्न दिन्न । किनकी याे काेषमा हाम्रा ५ लाख साथीकाे पैसा छ । यसलार्इ अनावश्यक खर्च हुन नदिने मेराे अात्मामा छ ।

त्याे भन्न मिल्दैन ?

मिल्दैन ।

नेपाली काँग्रस जनताकाे पार्टी हाे भने मैले यस्ताे गरेकाे छु भनेर जनतालार्इ भन्नु पनि पर्याे नि ?

याे पार्टीकाे कुरा हाे । महासमितिकाे बैठकमा भन्छु । अहिले भन्दिन । बारम्बार भन्नु पनि राम्राे हाेइन, मैले पार्टीकाे काेषलार्इ व्यवस्थित, मितव्यही र पारदर्शी बनाउने प्रयास भइरहेकाे छ ।

लेखापरिक्षण वार्षिक रूपमा हुनुपर्ने हाेइन ?

हाे, वार्षिक रूपमा नै भइरहेछ ।

 तर वाहिर त ल्याउनु भएकाे छैन ?

अब ल्याउँछु । म जुन दिन काेषाध्यक्ष भए त्यसपछिकाे सबै हिसाव महासमितिमा पेस गर्छु । त्यतिबेला काेषमा कति पैसा थियाे ? अहिले कति छ ? कति अम्दानी भयाे ? कति खर्च भयाे ? अायव्याय सबै पेस गर्छु ।

तपार्इ १२ कक्षा मात्र पढेकाे मान्छे, यात्राे पार्टीकाे हिसाव किताव राख्न गाह्रा भएकाे छैन ? 

छैन । सजिलाे छ । याे शिर्षकमा यति खर्च हुन्छ, याे शिर्षकमा यति खर्च हुन्छ ? यसरी खर्च गर्नुपर्छ । त्याे मैले बुझेकाे छु, गाह्राे छैन । पार्टीमा एकाउन्टेट छ, मुख्य सचिव छ, उनीहरूले हिसाव बनाउछन् ।

तपार्इ १२ कक्षा मात्र पढेकाे मान्छे, तपार्इलार्इ अरूले अलमल्याएका छन् कि छैन ? 

अल्मल्याएकाे छैन, म बुझछु ।

तपार्इलार्इ एउटा मधेशकाे महिला, अर्काे महिला भएकाेले काेषाध्यक्ष देखाउनकाे लागि बनार्इएकाे कि तपार्इसँग अधिकार पनि छ ? 

त्यस्ताे कुरा नगर्नु न । मलार्इ साथीहरूले भाेट दिएर जिताउनु भएकाे, मसँग अधिकार छ । मलार्इ मेराे अधिकार प्रयाेग गर्नबाट कसैले पनि राेक्न सक्दैन । किन साेच्ने कि मलार्इ नामकाे मात्र काेषाध्यक्ष बनार्इएकाे छ ? अधिकार छैन । मैले मेराे अधिकार प्रयाेग गरेकाे छ । मेराे काम, कर्तव्य, अधिकार कसैले खाेसेकाे छैन । (बीबीसी नेपालीसँगमा प्रसारित)

Share News