अर्घाखाँची सिमेन्टले क्षमता बढाएर दैनिक ६० हजार बाेरा पुर्याउँदैछ: अभिनय जैसवाल

<p>अर्घाखाँची सिमेन्ट प्रा.लि. नेपालकै ठूलाे ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी मध्येमा पर्दछ । डेनिस प्रविधि, क्रिस्चियन पिफरको प्रयोग गरी रुपन्देहीकाे भैरहवामा रहेको मिल मार्फत उच्चस्तरीय सिमेन्टको उत्पादन गर्दै आएको छ । यसले रोटरी क्लिन टेक्नोलोजीका माध्यमबाट आफ्नै क्लिङकर पनि उत्पादन गर्दै आएको छ । अर्घाखाँची सिमेन्टले प्रविधि र स्रोतहरुको चयनमा निकै ध्यान पुर्याएको छ । [&hellip;]</p>

र्इ. अभिनय जैसवाल, याेजना बिक्री प्रमुख, अर्घाखाँची सिमेन्ट प्रा. लि.

अर्घाखाँची सिमेन्ट प्रा.लि. नेपालकै ठूलाे ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी मध्येमा पर्दछ । डेनिस प्रविधि, क्रिस्चियन पिफरको प्रयोग गरी रुपन्देहीकाे भैरहवामा रहेको मिल मार्फत उच्चस्तरीय सिमेन्टको उत्पादन गर्दै आएको छ । यसले रोटरी क्लिन टेक्नोलोजीका माध्यमबाट आफ्नै क्लिङकर पनि उत्पादन गर्दै आएको छ । अर्घाखाँची सिमेन्टले प्रविधि र स्रोतहरुको चयनमा निकै ध्यान पुर्याएको छ ।

अर्घाखाँची सिमेन्टले सबैभन्दा उत्कृष्ट सिमेन्ट उत्पादन गर्दै अाएकाे छ । हामी वातावरणमैत्री कार्यहरुका मार्फत् निर्माण व्यापारमा आफुलाई अग्रणी स्थानमा पुर्याउन चाहान्छौं । यस कम्पनीले नयाँ प्लास्टिकद्वारा लेमिनेशन गरिएको बोराको प्रयोग गर्दै आएको छ, जसले गर्दा सिमेन्ट लामो समयसम्म बिग्रिदैन ।

हामी कम्पनीको कार्यक्षेत्रभन्दा अघि बढ्दै समाजको हरेक क्षेत्रलाई संलग्न गराउन चाहान्छौं । जसबाट हाम्रा प्रक्रियाहरु सुरक्षित र अन्तर्राष्ट्रिय गुणस्तरकाे भएको सुनिचित् होस् ।

हाम्रो दैनिक क्षमता भनेको दैनिक २४ हजार बोरा रहेको छ । क्लिङ्कर प्रविधि अपडेट गरेपछि हाम्रो क्षमता दैनिक ६० हजार बाेरा पुग्ने छ । यसका लागि ३ महिना समय लाग्नेछ ।

नेपालमा ५० भन्दा बढी सिमेन्ट कम्पनीहरु छन् । यसमा दुई किसिमका सिमेन्ट कम्पनी छन् । एउटा आफ्नै क्लिङ्कर उत्पादन गरी सिमेन्ट बनाउने र अर्को क्लिङ्कर आयात गरी सिमेन्ट बनाउने कम्पनीहरु छन् । ५० भन्दा बढी कम्पनीहरु मध्ये आफ्नै क्लिङ्कर उत्पादन गर्ने कम्पनीहरु १६ वटा जति मात्रै रहेका छन् ।

सिमेन्टको प्लान्टमा इ.पी.सी. ‘इलेक्ट्रोस्ट्याटिक प्रेसिपिटेटर’ र डेनिस प्रविधि जस्ता वातावरणमैत्री उपायहरुको प्रयोग गरिएको छ । साथै, फ्याक्ट्री एरियामा पूर्ण हरियाली गरिएको छ । सिमेन्टमा न्युनतम ५३ एमपीए को शक्ति र सहनशीलता चाहिने पुर्वाधारहरु निर्माण गर्न सकिन्छ । कन्ट्रोल रुमसँग जोडिएका अनलाइन एनलाइजर र अटोमेटिक वे फिडरबाट सबैभन्दा उत्कृष्ट कच्चा पदार्थको मिश्रण प्राप्त गर्न सकिन्छ ।

लगातार बगिरहने सिलोका माध्यमबाट भट्टीमा एकैनाशको कच्चा पदार्थ जाने गर्दछ । यसकारणले सिमेन्टको हरेक कण एकैनाशको हुने गर्दछ । सबै निरीक्षण कम्प्युटरबाटै हेर्ने भएकाले यसले क्लिङ्करको गुणस्तर उच्च राख्दछ भने भट्टीमा कच्चा पदार्थको समय पनि व्यवस्थित राख्दछ ।

पाँच कारणबाट जाने प्रि हिटर साइक्लोन सिस्टमका साथ प्रिक्याल्सिनरले निर्माण प्रक्रियालाई अझै व्यवस्थित बनाउँछ । आधुनिक फ्यास डेनिस प्रविधिमा उच्च क्षमताको विभाजक भएकाले यसले सिमेन्टको झनै सुक्ष्म कणहरु उत्पादन गर्दछ । यसले गर्दा सिमेन्टको मिसावट राम्रो हुन जान्छ र कङ्क्रिटको घनत्व पनि बढ्छ ।

सिमेन्ट उत्पादनको क्रममा थोरै मात्र पानी प्रयोग गरिएको हुने भएकाले यसबाट बनाइएको कङक्रिट रसाउने सम्भावना निकै कम हुन्छ । यसले गर्दा सिमेन्टको घनत्व बढी हुनुको साथै टिकाउ पनि हुन्छ । हामीले नेपाल गुणस्तर चिन्ह लिएका छौं । हाम्रो सिमेन्ट नेपालका ठूला ठूला आयोजनाहरुमा प्रयोग भैसकेका छन् । सेनजेन हाइड्रोपावर रसुवा, नारायण मुग्लिन सडकखण्ड, लोवर मोदी, मेलम्ची खानेपानी लगायत आयोजनाहरुमा यसको प्रयोग भैसकेको छ । समग्रमा हाम्रो उत्पादन प्रयोग गर्ने सेवाग्राहीहरु सन्तुष्ट छन् ।  यसबाट अझ अत्याधुनिक उत्पादन बजारमा ल्याउन सहयोग पुग्नेछ ।

नेपालमा अहिले पुर्वाधार विकासमा ठूला आयोजनाहरु सञ्चालन भैरहका छन् । धेरै पानी पर्ने समयमा सिमेन्टको माग कम हुन्छ भने कम पानी पर्ने समयमा माग बढी हुन्छ । यो समयमा हाम्रो उत्पादनले माग धान्न सक्दैन । अहिले सिमेन्ट र डन्डी उत्पादनमा ठूला लगानीहरु भित्रिरहेका छन् । यसले केही वर्षमै बजार माग पुरा गर्नेछ । पहिले नेपालमा सेवाग्राहिरु क्वालिटीमा सचेत रहेका थिएनन् ।

तर अहिले चेतनाको स्तर बढीसकेको छ । हाम्रो उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्छ । तर नेपालकै भाग धान्न नसकेको अवस्थामा हाम्रो ध्यान नेपालमै रहेको छ । हाम्रो देशैभरी डिलर रहेका छन् । अझै केही स्थानमा थप्ने तयारी गरिरहेका छौं । धेरै सिमेन्ट बेच्ने डिलरहरुलाई विभिन्न सुविधाहरु प्रदान गरिरहेका छौं । सेवाग्राहीलाई म के भन्न चाहन्छु भने सिमेन्टको प्रयोग गर्दा कम्पनी प्रोफाइल र कस्ता योजनाहरुमा प्रयोग भैरहका छन् भनेर बुझ्नुपर्छ ।

(कुराकानीमा अाधारित)

Share News