राष्ट्रिय वाणिज्य बैंकको ‘महाशक्ति’लाई क-कसले दिँदैछन् चुनौती ?

<p>काठमाडौं । निक्षेप संकलन, कर्जा लगानी, शाखा सञ्जाल, नाफा तथा अन्य वित्तीय सूचकहरुमा निरन्तर अग्रणी रहँदै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई अन्य वाणिज्य बैंकहरुले चुनौती दिन थालेका छन् । निजी क्षेत्रद्धारा सञ्चालित बैंकहरुले वाणिज्य बैंकको पुरानो साखलाई विस्तारै चुनौती दिन थालेका हुन् । एउटै बैंकले सबै सूचकहरुमा चुनौती दिन नसके पनि फरकफरक बैंकहरु [&hellip;]</p>

काठमाडौं । निक्षेप संकलन, कर्जा लगानी, शाखा सञ्जाल, नाफा तथा अन्य वित्तीय सूचकहरुमा निरन्तर अग्रणी रहँदै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई अन्य वाणिज्य बैंकहरुले चुनौती दिन थालेका छन् । निजी क्षेत्रद्धारा सञ्चालित बैंकहरुले वाणिज्य बैंकको पुरानो साखलाई विस्तारै चुनौती दिन थालेका हुन् । एउटै बैंकले सबै सूचकहरुमा चुनौती दिन नसके पनि फरकफरक बैंकहरु वाणिज्य बैंकले कायम गरेको सूचकहरुमा प्रतिस्पर्धामा उत्रिएसँगै बैंकलाई आफ्नो साख जोगाउने चुनौती थपिएको छ ।

निक्षेप र कर्जा र शाखा विस्तारमा एनआईशी एशियाको प्रतिस्पर्धा

आक्रामक बजार विस्तारको नीति लिएर अघि बढेको एनआईसी एशिया बैंकले राष्ट्रिय वाणिज्य बैंकका तीन सूचकहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । निक्षेप संकलनमा यो बैंक राष्ट्रिय वाणिज्य बैंक भन्दा निरन्तर एक अर्बले पछि रहे पनि वाणिज्य बैंकको निक्षेप घट्नु र एनआईसी एशिया बैंकको निक्षेप ११ अर्बले बढ्नुले आगामी त्रैमासमै यो प्रतिस्पर्धामा एनआईसी एशिया अघि बढ्ने सम्भावना देखिन्छ ।

कर्जा विस्तारमा भने एनआईसी एशिया बैंकले वाणिज्य बैंकलाई जितिसकेको छ । वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म १ खर्ब २३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गर्दा एनआईसी एशियाले १ खर्ब ३९ अर्ब २६ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । त्यसो त नबिल बैंकले १ खर्ब २८ अर्ब र नेपाल इन्भेष्टमेन्ट बैंकले समेत १ खर्ब २४ अर्ब कर्जा प्रवाह गरी वाणिज्य बैंकभन्दा सर्वाधिक कर्जा प्रवाह गर्ने बैंक बनिसकेका छन् ।

शाखा विस्तारमा पनि एनआईशी एशियाले वाणिज्य बैंकलाई जितिसकेको छ । कुल २०७ शाखा, १७ एक्स्टेन्सन काउन्टर, ९३ शाखारहित बैंकिङ र १६५ एटिएम वाणिज्य बैंकको रहँदा एनआईसी एशिया बैंकको २६४ शाखा, २६४ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १८ ओटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

नाफामा उछिन्दै इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र नबिल बैंक

बैंकलाई नाफामा तीन वाणिज्य बैंकले चुनौती दिएका छन् । बैंकले कमाएको खुद नाफाका आधारमा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकपछि दोस्रो स्थानमा रहे पनि नियामकीय समायोजनपछिको स्वतन्त्र नाफामा इन्भेष्टमेन्ट बैंकबाहेक नेपाल बैंक र नबिल बैंकभन्दा समेत पछि परेको छ । वाणिज्य बैंकले करिब ७२ करोड स्वतन्त्र नाफा कमाएको छ भने इन्भेष्टमेन्ट बैंकको १ अर्ब ६ करोड, नेपाल बैंकको ९७ करोड र नबिल बैंकको ९३ करोड स्वतन्त्र नाफा कायम भएका छन् ।

कस्ट अफ फण्ड र आधार ब्याजदरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नजिक

सबैभन्दा न्यून लागत र ब्याजदर समेत रहेको वाणिज्य बैंकसँग सो सूचकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नजिक छ यद्यपि यो प्रतिस्पर्धाको स्तरमा भने छैन । वाणिज्य बैंकको आधार ब्याजदर ६.३३ प्रतिशत हुँदा स्ट्यान्डर्ड चार्टर्डको यो दर ८.१४ प्रतिशत छ । वाणिज्य बैंकको यो दर भने ९.०३ प्रतिशत छ । त्यस्तै, कस्ट अफ फण्ड वाणिज्य बैंकको २.७४ प्रतिशत रहँदा यो दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.१४ प्रतिशत र इन्भेष्टमेन्ट बैंकको ६.२७ प्रतिशत रहेको छ ।

यी सूचकमा राष्ट्रिय वाणिज्य बैंकलाई दबाव

आधार ब्याजदर, कस्ट अफ फण्ड र सीसीडी अनुपातमा सबैभन्दा उत्कृष्ठ र प्रतिस्पर्धामा अरुभन्दा वाणिज्य बैंक निकै अगाडि रहेको छ । ती तीन परिसूचकमा वृद्धि गरेर निक्षेप, कर्जा र नाफामा अन्य प्रतिस्पर्धीलाई सजिलै पछि पार्नसक्ने क्षमता भने बैंकसँग छ । कस्ट अफ फण्डलाई १÷२ प्रतिशत वृद्धि गर्दा बैंकको निक्षेपमा ठूलो बढोत्तरी आउन सक्छ । उता सबैभन्दा खुकुलो सीसीडी अनुपात रहेको बैंकले सो अनुपात केही कसिलो बनाउने हो भने पनि कर्जा र नाफामा अरुलाई सजिलै उछिन्न सक्ने देखिन्छ । प्रतिस्पर्धामा कमजोर हुँदैजाँदा बैंकलाई त्यस्तो दबाव आउनसक्ने देखिए पनि जनताको प्रत्यक्ष लगानी नभएकोले यो सम्भावना छ ।

तर…, जति तारा उदाए’नि चन्द्रमा नै राम्रो !

निक्षेप संकलन, कर्जा विस्तार एवं नाफाको मामिलामा अन्य बैंकहरुले प्रतिस्पर्धा गर्दै गए पनि वाणिज्य बैंकका अन्य वित्तीय परिसूचकहरु सन्तुलित छन् । बढ्दो लगानीयोग्य पुँजीको अभावका बावजुद खुकुलो सीसीडी रेसियो कायम गर्नु, सस्तो ब्याजमा कर्जा उपलब्ध गराउनु, सरकारले तोकेका सहुलियत कर्जाहरु वितरणमा अग्रसर हुनुले बैंकलाई अन्य प्रतिस्पर्धी बैंकहरुको तुलनामा सँधै अब्बल रहिरहनेछ ।

Share News