विश्व बैंकलाई अर्थमन्त्रीको प्रश्नः व्यापार युद्धबाट बच्ने उपाय के हो ?

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थ व्यवस्थामा देखा परेको व्यापार युद्धबाट कसरी बच्ने भनि प्रश्न गरेका छन् । विश्व बैंक समुहले राजधानीमा नेपाल डेभलपमेन्ट अपडेट रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. खवितडाले भने–‘विश्वमा संरक्षण वाद पुनः उदाउन खोजेको देखिन्छ, व्यापार युद्धबाट कसरी बच्ने भन्ने उपायबारे विश्व बैंकको प्रतिवेदन बोल्नु पर्ने थियो [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थ व्यवस्थामा देखा परेको व्यापार युद्धबाट कसरी बच्ने भनि प्रश्न गरेका छन् ।
विश्व बैंक समुहले राजधानीमा नेपाल डेभलपमेन्ट अपडेट रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. खवितडाले भने–‘विश्वमा संरक्षण वाद पुनः उदाउन खोजेको देखिन्छ, व्यापार युद्धबाट कसरी बच्ने भन्ने उपायबारे विश्व बैंकको प्रतिवेदन बोल्नु पर्ने थियो ।’

मन्त्री खतिवडाले विश्व बैंकको बाली सम्मेलनमा इण्डोनसियाका राष्ट्रपतिले संरक्षण वादको वकालत गरेको पनि बताए । विश्वमा संरक्षणवाद हावी भएमा त्यसको सामना गर्न क्षेत्रिय एकता आवश्यक पर्नेमा उनले जोड दिएका थिए । संसारभर संरक्षणवादको हावा चलिरहेको भए पनि नेपालमा भने उड्डयन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रबिधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको पनि उनको भनाई छ ।

मन्त्री खतिवडाले व्यापार घाटालाई कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा तलै राख्ने उपायको खोजि भैरहेको र त्यसका लागि उत्पादन वृद्धि, सूचना प्रबिधीको अधिक उपयोग, तरलता अभावको समस्या समाधान, लगानीका लागि दिर्घकालिन श्रोतको व्यवस्थापनमा जोड दिएको बताए ।

छोटो अवधीको निक्षेप संकलन गरेर लामो अवधीका लागि ऋण प्रवाह गर्नुपर्ने बाध्यतामा बैंक तथा वित्तिय संस्थाहरु रहेको अब बण्ड र भेञ्चर क्यापिटलको अवधारणा मार्फत अघि बढ्ने स्पष्ट पारे । विश्व बैंकले प्रक्षेपण गरेको मध्यम तहका लागि प्रक्षेपण गरेको औषत ६ प्रतिशतको आर्थिक वृद्धिदरले नेपाललाई नपुग्ने भन्दै त्यो भन्दा ठुलो आकारको वृद्धिका लागि सरकार लागिपरेको दावी पनि गरे ।

Share News