३ महिनामै थपिए साढे ८ हजार कम्पनी: १५ विदेशी, यातायातका धेरै

<p>काठमाडौँ । चालु आर्थिक वर्षको पहिलाे ३ महिनामा करिब साढे ८ हजार नयाँ कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारकाे कार्यालयकाे तथ्याङ्क अनुसार उक्त अवधिमा ८ हजार ४२१ नयाँ कम्पनी दर्ता भएका हुन् । दर्ता भएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ३ का छन् ।  साे प्रदेशमा साे अवधिमा ५ हजार ३७८ वटा दर्ता भएका छन् [&hellip;]</p>

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलाे ३ महिनामा करिब साढे ८ हजार नयाँ कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारकाे कार्यालयकाे तथ्याङ्क अनुसार उक्त अवधिमा ८ हजार ४२१ नयाँ कम्पनी दर्ता भएका हुन् ।

दर्ता भएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ३ का छन् ।  साे प्रदेशमा साे अवधिमा ५ हजार ३७८ वटा दर्ता भएका छन् । त्यस्तै प्रदेश नम्बर १ मा ७०८, प्रदेश नम्बर २ मा ६५१, गण्डकी प्रदेशमा ५४४, प्रदेश नम्बर ५ मा ७३९, कर्णाली प्रदेशमा १८२ र सुदुरपश्चिम प्रदेशमामा २१९ वटा कम्पनी दर्ता भएका छन् ।

कम्पनी रजिष्ट्राकाे कार्यालयमा उक्त अवधिमा दर्ता भएका कम्पनीहरुमध्ये अधिकांश कम्पनी निजी छन् भने केही सामुदायिक, गैरनाफामूलक र  विदेशी कम्पनी समेत छन् ।

उक्त अवधिमा ८ हजार १७७ वटा  निजी कम्पनी दर्ता भएकाेमा प्रदेश नम्बर १ मा ६९४, प्रदेश नम्बर २ मा ६२७, प्रदेश नम्बर ३ मा ५२०५, गण्डकी प्रदेशमा ५३७, प्रदेश नम्बर ५ मा ७२३, कर्णाली प्रदेशमा १४७, सुदुर पश्चिम प्रदेशमा २१७ वटा छन् ।

सामुदायिक कम्पनी भने सातैवटा प्रदेशमा गरी जम्मा २९ वटा मात्र दर्ता भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ वटा, प्रदेश नम्बर २, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा ५/५ वटा, प्रदेश नम्बर ३ मा ११ र कर्णाली प्रदेशमा २ अाेटा छन् भने सुदुरपश्चिम प्रदेशमा कुनै पनि कम्पनी दर्ता भएका छैनन् ।

गैरनाफामुलक कम्पनी  भने उक्त समयमा कुल २ सय वटा दर्ता भएका छन् । जसमा प्रदेश नम्बर १ मा १३, प्रदेश नम्बर २ मा १९, प्रदेश नम्बर ३ मा १४७ वटा, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा २/२ वटा, प्रदेश नम्बर ५ मा ११ वटा, कर्णाली प्रदेशमा ६ वटा छन् ।

चालु अावकाे पहिलाे तीन महिनाको १५ वटा विदेशी कम्पनी पनि दर्ता भएका छन् । दर्ता भएका सबै विदेशी कम्पनी प्रदेश नम्बर ३ मा सञ्चालन हुनेछन् ।

कम्पनी रजिष्ट्रार कार्यलयका कम्पनी रजिष्ट्रार भुवनहरि अाचार्यका अनुसार विदेशी कम्पनीबाहेक दर्ता भएका अन्य अधिका‌ंश कम्पनीहरु यातायात व्यवसाय सम्वद्ध छन् । सरकारले यातायात व्यवसायीहरु समितिमार्फत् दर्ता हुने प्रावधान हटार्इ कम्पनीमा दर्ता हुने समयावधि मंसिरसम्म ताेकेपछि नयाँ कम्पनी दर्तामा चाप देखिएकाे उनकाे भनार्इ छ।

Share News