२३ बर्षपछि निजगढ विमानस्थलको विकल्प खोजिन्न: महानिर्देशक गौतम

<p>काठमाडौं । सन १९१७ पछि प्रत्येक १५ बर्षमा जहाज चढ्नेहरुको संख्या दुई गुणा बढेको छ । सन २०३२ मा ८.२ बिलियन यात्रुलाई सेवा दिने लक्ष्य छ । अहिले संसारभर एयर पोर्ट र एयर नेभिगेसन सर्भिसका लागि १.१ ट्रिलियन डलर खर्च भएको छ । एयरपोर्ट पुर्वाधारका लागि मात्रै अहिले ७ सय २१ बिलियन डलर खर्च भएको [&hellip;]</p>

काठमाडौं । सन १९१७ पछि प्रत्येक १५ बर्षमा जहाज चढ्नेहरुको संख्या दुई गुणा बढेको छ । सन २०३२ मा ८.२ बिलियन यात्रुलाई सेवा दिने लक्ष्य छ । अहिले संसारभर एयर पोर्ट र एयर नेभिगेसन सर्भिसका लागि १.१ ट्रिलियन डलर खर्च भएको छ ।

एयरपोर्ट पुर्वाधारका लागि मात्रै अहिले ७ सय २१ बिलियन डलर खर्च भएको देखिन्छ । नेपालको परिवेशमा भन्ने हो भने पछिल्लो १० बर्षमा ८.६ प्रतिशतको ट्राफिक ग्रोथ छ । पछिल्लो बर्ष ३३ प्रतिशत बढेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता भनेको ७० लाख यात्रुलाई सेवा दिने हो । भैरहवाको क्षमता भनेको २० लाख हो र पोखराको १० लाख यात्रुलाई सेवा दिने हो ।

नेपालमा बर्सेनी एक करोडले हवाई जहाजबाट यात्रा गरे । नेपालमा जहाज चढ्नेहरुको संख्या द्रुतगतिमा बढिरहेको छ । अहिलेको टिआईए, भैरहवा र पोखरालाई निर्माण गरिसक्दा बार्षिक २ करोड ५० लाख भन्दा धेरै मानिसलाई बोक्न सक्दैनन् ।

त्यसकारण अब निजगढमा दोश्रो बिमानस्थल बनाउनुको अर्काे विकल्प छैन् । आज भन्दा २७ बर्ष अघि म नागरिक उड्डयन प्राधिकरणमा जागिरेका रुपमा प्रवेश गर्दा दोश्रो अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर छलफल अघि बढेको थियो । २३ बर्ष अघि ८ वटा विकल्पहरुमध्ये सबै भन्दा उत्तम विकल्पका रुपमा निजगढलाई छानिएको हो ।

विदेशी विज्ञहरुले समेत हेरेर निजगढ छानिएको हो । २३ बर्षपछि हामी अहिले पनि त्यो ठाउँ उपयुक्त हो की होइन भनेर छलफल गरिरहेका छौं । यस्तो छलफलले हामीलाई कहिँ पनि पुर्याउँदैन् । यस्तो छलफल आवश्यक छैन् । निजगढमै बिमानस्थल बनाउने हो ।

अर्काे कुरा निजगढ विमानस्थल भनेको टिआईएको विकल्प होइन, यो पुरक मात्रै हो । संसारका सबै अन्तराष्ट्रिय विमानस्थलहरु राजधानीबाट ७० देखि ८० किलोमिटरको दुरीमा हुन्छन् । हामीले पनि टिआइएसँगै निजगढ विमानस्थललाई पनि सोही रुपमा विकास गर्न चाहेका हौं ।

निजगढ विमानस्थलको विकल्पका बारेमा यतिबेला छलफल गर्नु आवश्यक छैन्, न्युनतम वातावरणीय क्षमितमा विमानस्थल कसरी बनाउने भन्ने कुरामा चाँही हाम्रो जोड हो ।-महानिर्देशक गौतमले व्यक्त गरेको विचार

Share News