नेपाल क्लियरिङ् हाउसले शुरु गर्यो विद्युतीय भुक्तानी प्रणाली, हट्यो चेक बाउन्सको समस्या

<p>&nbsp; काठमाडौं । नेपाल क्लियरिङ् हाउस लिमिटेडले विद्युतीय भुक्तानी (कनेक्ट आईपीएस ईपेमेन्ट) प्रणालीको शुरुवात गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय भुक्तानी प्रणालीको शुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले इलेक्ट्रोनिक भुक्तानी कारोबारले चेक बाउन्स हुने समस्याको अन्त्य गर्ने बताएका छन् । खुद्रा पैसा नहुने र नोट थोत्रो [&hellip;]</p>

 

काठमाडौं । नेपाल क्लियरिङ् हाउस लिमिटेडले विद्युतीय भुक्तानी (कनेक्ट आईपीएस ईपेमेन्ट) प्रणालीको शुरुवात गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय भुक्तानी प्रणालीको शुरुवात गरेका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले इलेक्ट्रोनिक भुक्तानी कारोबारले चेक बाउन्स हुने समस्याको अन्त्य गर्ने बताएका छन् । खुद्रा पैसा नहुने र नोट थोत्रो हुने समस्या पनि नहुने उनको भनाई छ। त्यस्तै, इलेक्ट्रोनिक कारोबारले चेक बाउन्स भएर जेल जानुपर्ने समस्या अन्त्य गर्ने अर्थमन्त्री खतिवडाले बताएका छन् । साथै, उनले सकेसम्म कम खर्चमा सुबिधा प्रदान गर्न आग्रह गरेका छन् ।

 

कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा आवद्ध भएको कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकहरुले आफ्नो बैंक खाताबाट सिधै आईएमई पे मोबाइल वालेटमा फण्ड लोड गर्न सक्ने व्यवस्था गरिएको छ । मोबाइल वालेटबाट बैंक खातामा फण्ड ट्रान्सफर गर्ने सुविधा समेत उपलब्ध गराइने क्लियरिङ् हाउसले जनाएको छ ।

Share News