२०/२२ बर्षमा किशोर-किशोरीमा हृदयघात देखिनु खतराको संकेत हो: डा. शिवजी बिक्रम सिलवाल

<p>काठमाडौं। विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव  जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये [&hellip;]</p>

मुटुरोग विशेषज्ञ डा. शिवजी बिक्रम सिलवाल

काठमाडौं। विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव  जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात रोकथाम गर्न सकिन्छ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ।

नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ। नेपालमा १० वर्षता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ।

स्वस्थ्यलाई ध्यान नदिँदा यस्ता समस्या दिनानुदिन बढ्दै गइरहेका छन् । आखिर किन हुन्छ त हृदयरोग ? यो बाट कसरी बच्ने र एक्लै भएको अवस्थामा के गर्ने भन्ने बिषयलाई लिएर डोमी शेर्पाले मुटुरोग विशेषज्ञ डा. शिभजी बिक्रम सिलवालसँग गरेको छोटो अन्तर्वर्ता:

के हो  हृदयघात ?

शरिरभरि रक्तसञ्चार गर्ने काम मुटुले गर्छ। मुटुलाई पम्प गर्नका लागि अक्सिजनको आवश्यकता पर्छ। मुट्को बाहिरी भागमा रहेको कोरोनरी रक्तनलीहरुले मुटुलाई रक्तसंचारको लागि मद्त गर्दछ। बिभिन्न कारणले गर्दा मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुन्छ परिणाम मुटुमा अक्सिजनको मात्रा कम हुन जान्छ। यसरी मुटुमा अक्सिजनको कमी हुँदा मुटुले काम गर्न छोड्छ। यस अवस्थालाई नै हृदयघात भनिन्छ।

लक्षण

धेरै मानिसहरुलाई मुटुरोगका लक्षणहरूबारे जानकारी छैन। यसकारण मानिसहरू ढिला गरी उपचारका लागि अस्पताल वा डाक्टरकहाँ जान्छन्। हार्टअट्याकले यो समय र यति बजे आउँदैछुँ भनेर कहिल्यै भन्दैन, यो जुनसुकै बेला जहाँ पनि आउन सक्छ । तर यसमा लक्षणहरु पनि देखिन्छन। जस्तै:

– एक्कासी छाती दुख्नु। छाती यसरी दुख्छ कि मान्छेले त्यसलाई थाम्न नसक्ने अवस्था पनि हुन सक्छ। त्यो दुखाई बिस्तारै चिउँडो तिर सर्दै जाने र दाँया र बाँया पाखुरामा पनि सर्न सक्छ।

– अत्याधिक पसिना आउने

– टाउको दुख्ने, वन्ता हुने

– परिश्रम गर्दा दम बढ्नु

– खुट्टाहरू सुन्निनु

– मुटु बेतालले धड्किनु

– चक्कर लाग्नु

– धाँटीको रक्तनली फुल्नु वा चल्नु

– बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु

– जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन्।

– शारारीक परिश्रम गर्ने वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतीर भएर ढुङ्गाले थिचेको जस्तो अनुभव हुन्छ। आराम गरेपिछ  हराएर जान्छ।

– कसै- कसैलाई भने पहिलो पटक नै असह्य तरिकाले छाती दुख्नु, देब्रे छातीतिर झनै श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जस मध्य एक तिहाई बिरामीको अस्पताल पुग्नभुन्दा अगाडि नै मृत्यु हुन्छ।

नेपालमा हृदयघातको उपचारको अवस्था 

नेपालमा हृदयघातको उपचार राम्रोसँग नेपालमै उपलब्ध छ। जस्तो हृदयघातको उपचार पनि नेपालमा गरिएको छ। जुन नली बन्द भएर हृदयघात हुन्छ त्यस नली खुल्ला गर्न तरिकलाई हृदयघातको अपरेसन भनिन्छ। यदी त्यो नली बन्द छ भने त्यसमा हामीले जाली हाल्नुपर्छ। जाले हाल्ने प्रब्रितिलाई एन्जिवोप्लास्टी भनिन्छ। यो उपचार प्रव्रिती नेपालको बिभिन्न ठाउँमा उपलब्द छ। जस्तै शहिद गंगलाल, नर्भिक अस्पातल, मनमोहन कार्डिक अस्पतालमा यो सेवा उपलब्ध रहेको छ।

हृदयघातले असर गर्ने उमेर समुह

पहिला- पहिला हामीले देखे र पढे अनुसार हृदयघात ३० बर्ष भन्दा माथिको उमेर समुहलाई मात्र हुन्छ भनिन्थ्यो। तर अहिलेको अवस्था फरक रहेको छ किनभने २०/२२ बर्षको मानिस पनि हृदयघात भएर आएका छन्। अहिले उमेरको हद भन्दा मैले २० बर्ष भन्दा मुनिको हृदयघात भएको ब्यक्ती चाँही देखो छैन तर २० बर्षभन्दा माथि उमेर समुहमा भने यो रोग एकदम देखिएको छ।

हृदयघात हुने कारण

१. कोलेस्ट्रोल

रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको रक्त मात्र सामान्य भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जमेर हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउँछ ।

२. उच्च रक्तचाप

१५५ मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यसरी लामो समय सम्म रक्तचाप भईरहदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रष्त हुन गइ कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ र हृदयरोग लाग्छ ।

३. मधुमेह

मधुमेह हुँदा बढेको ग्लुकोजले स साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाडै बोसो जमेर हृदयरोग लाग्छ ।

४. मोटोपन

मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । मोटोपनले मुटुरोगका अन्य जोखिमहरुलाई बढी जन्माउँछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्छ ।

५. निस्क्रिय जीवन

ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रत्तस्तर र शारिरिक तौल घटाउँन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ ।

छ. धुम्रपान तथा सुर्ती सेवन

धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक छन ।

७. मानसिक तनाव

वैचारीक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारिरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउँदछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

मानिसमा हृदयघात हुनुमा देखिएको मुख्य कारण

मानिसहरुमा हृदयघात देखिनुको सबैभन्दा मुख्य कारण सुगर, प्रेसर, कोलेस्ट्रोलको मात्रा उच्च रहनु पाईएको छ।

एक्लै भएको अवस्थामा ह्रिदयघात भए के गर्ने?

काठमाडौमा यदी बिरामीलाई ह्रिदयघात भए उ एक घण्टा वरिपरीमा अस्पताल पुग्न सक्छ र आफुलाई बचाउन सक्छ। तर त्यही मान्छे ग्रामिण ठाउँमा छ भने उसलाई उपचार पाउन मुस्किल हुनसक्छ। यस अवस्थामा यो ह्रिदयघात हो या होईन भनेर सोचेर नबस्ने। त्यसको लागि आफुलाई छाती दुख्न साथ वा संखा लाग्न साथ यदी रक्तश्राब जाने कुनै रिस्क छैन भने एस्पिरिन ३०० यम्जी खानु भए हुन्छ। यसले रगतलाई पातलो गर्छ र केही मात्रामा बचाउ गर्नसक्छ।

बचाउने सम्भावना कति रहेको छ?

कुनै पनि ब्यक्तीलाई हृदयघात भएको १ घण्टामा अस्पताल पुर्याईयो भने उसको बाँच्ने सम्भावना बढी हुन्छ। मान्छेलाई अस्पातल ल्याउन जती ढिलो गरियो त्यती नै मुटुको मांसपेसी मर्दै जान्छ जसले गर्दा पुरै मुटु बन्द हुने सम्भावना बढी हुन्छ र बिरामीको म्रिती पनि हुनसक्छ।
मानिसहरुले त्यसैले सामान्य एउटा ईसिजी गर्नपर्छ किनभने ईसिजीले नै हृदयघात हो या होईन भन्ने पत्ता लगाउँछ।

एकपटक ह्र्दयघात भएको ब्यक्तिले कसरी सतर्क रहने?

एक्पटक हृदयघात भएको ब्यक्तिलाई फेरी पनि हृदयघात हुने सम्भावना पहिला भन्दा बढी हुन्छ। यस्तो अवस्थामा मानिसहरुले औषधी नियमित खाने, नियमित वायम गर्ने, खानपिनमा ध्यान दिने, कोलेस्ट्रोलहरुलाई नर्मल लेभलमा राख्ने, प्रेसरलाई पनि नर्मल लेभलमा राख्ने हो भने दोस्रोपटक हृदयघात हुन दिनबाट बच्न सकिन्छ।

हृदयघातको रोकथामको लागि के गर्ने ?

हृदयाघातलाई रोक्न वा हृदयाघात हुन नदिनका लागि धेरै उपाय अपनाउन सकिन्छ । त्यसमध्ये व्यवस्थित खानपान, नियमित व्यायाम, शारीरिक सक्रियताले मुटुरोगलाई दूर गर्नका लागि मद्दत गर्दछ । व्यस्त दैनिकी, मानसिक तनावलगायतका कारण युवाहरूमा हृदयाघात हुने प्रबल सम्भावना हुन्छ । त्यसैले यस्ता कुरालाई ध्यान दिन जरुरी हुन्छ । कतिपय युवाले आफ्नो जीवनलाई व्यवस्थित गर्न सकिरहेका हुँदैनन् । अव्यवस्थित जीवनयापन पनि हृदयाघातको प्रमुख कारण हो । त्यसैले मुटुरोगबाट बच्नका लागि व्यवस्थित जीवनशैलीसँगै शरीरलाई स्वस्थ राख्नुपर्छ ।

– हरियो सागपात, गेडागुडी र फलफूलको नियमित प्रयोग गर्ने

– छोटो दुरी सकेसम्म पैदल जाने

– शरीरको तौल बढी भयो भने पनि मुटुमा समस्या उत्पन्न हुन्छ । त्यसैले तौल सन्तुलित राख्ने उपायहरू अवलम्बन गर्दै जाने

– एकपटक हृदयाघात भएको मानिसले जीवनभर औषधि प्रयोग गर्नुपर्छ । किनकि, यो जुनसुकै समयमा पनि दोहोरिन सक्छ ।

– हृदयाघातको समयमै उपचार गर्न सकियो भने निदान गर्न गाह्रो हुँदैन । तर, थोरै पनि हेलचेक्र्याइँ गरियो भने ज्यानै जान्छ । हृदयाघात भएको  ६ घन्टासम्म उपचार गर्न सकिएन भने मानिसको मृत्यु हुन सक्छ।

( मुटुरोग विशेषज्ञ डा. शिवजी बिक्रम सिलवाल छ बर्ष देखी नर्भिक अस्पतालमा कार्यरत छन्। )

Share News