१५ लाख डलरमा उठ्ने कार, ड्राईभर र पाइलट नै नचाहिने

<p>काठमाडौं । १५ लाख डलर मूल्यमै  खरिद गर्न सकिने उड्ने कार तयार भएको छ । स्लोभाकियाको एरोमोबाइल कम्पनीले ३ मिनेटमै कारबाट प्लेनमा रुपान्तरण भएर उड्न सक्ने कार बनाएको हो । यस्तो कारको व्यवसायीक सार्वजनिक गर्ने तयारी कम्पनीले गरिरहेको छ । यो कारको २१ पटक उच्च तथा न्युन उचाईमा सफल परिक्षण उडान सम्पन्न भैसकेको छ । एरोमोबाइलका [&hellip;]</p>

काठमाडौं । १५ लाख डलर मूल्यमै  खरिद गर्न सकिने उड्ने कार तयार भएको छ । स्लोभाकियाको एरोमोबाइल कम्पनीले ३ मिनेटमै कारबाट प्लेनमा रुपान्तरण भएर उड्न सक्ने कार बनाएको हो । यस्तो कारको व्यवसायीक सार्वजनिक गर्ने तयारी कम्पनीले गरिरहेको छ ।

यो कारको २१ पटक उच्च तथा न्युन उचाईमा सफल परिक्षण उडान सम्पन्न भैसकेको छ । एरोमोबाइलका सिइओ जुराज भाकुलिकले अब एउटै कारबाट प्लेनको समेत सेवा पाइने भएकाले ढोकाढोकासम्म प्लेनको यात्रा गर्न सकिने बताए । उनले एरोमोबाइलको विकास क्रान्तिकारी आविस्कार भएको पनि बताए ।

सन २०१० मा एरोमोबाइल कम्पनीको स्थापना भएको थियो । पहिलो चरणमा कम्पनीले ५०० वटा फ्लाईङ कार निर्माण गरिरहेको छ । अहिले यस्ता उड्ने कारहरुको धमाधम प्रि बुकिङ भैरहेको छ र सन २०२० मा डेलिभरी गरिनेछ । २ सिट क्षमताको उड्ने कार अटो पाइलट मोडमा हुनेछ र सडक तथा आकाशमा उडाउन सकिन्छ । यसमा सुरक्षाका लागि कार्बन फाइबर जडान गरिएको छ । यद्यपी यी उड्ने कारहरुलाई उडान अनुमति लिन र गुडाउने तथा उडाउने पूर्वाधारको भने अभाव नै रहेको छ ।

यो कार प्रति घण्टा १६० किलोमिटर गुड्न सक्छ भने प्रतिघण्टा ३६० किलोमिटर उड्न सक्नेछ । जमिनमा गुड्दा हाइब्रिड इलेक्ट्रिक प्रणालीबाट सञ्चालन हुनेछ भने आकाशमा उड्दा एक जोडा इलेक्ट्रिक मोटरबाट सञ्चालन हुनेछ ।

Share News