
काठमाडौं । सरकारले बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) सम्मेलनका तयारी अन्तिम चरणमा पुर्याएको छ । सम्मेलनमा भदौ १४ र १५ गते काठमाडौंमा हुने भएको छ । बिमिस्टेकको सबै तयारी सकिएको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले बताएका छन् । सिङापुरमा भएको डोनाल्ड ट्रप्प र किम जोङ उनबीचको शिखरवार्तामा सुरक्षा दिएको गोर्खालीले अब बिमिस्टेकमा पनि ठूलो शक्ति प्रर्दशन गर्ने उनले बताएका छन् ।
माइनस पाकिस्तान एजेण्डा मान्दैनौं
नेपालले बिमिस्टेकलाई अघि सारेर सार्कलाई पछि पार्न खोजेको होइन । विश्वमा धेरै ठूला विवादहरु वार्ताको माध्यमबाट टुङिगसकेका छन् । भारत र पाकिस्तानबीच विवाद धेरै ठूलो विवाद होइन । नेपालले सार्क सम्मेलनको लागि औपचारिक तथा अनौपचारिक वार्ता गरिरहेको छ । नेपाल सार्कको अध्यक्ष भएको हैसियतले दुई देशबीचको विवाद मिलाएर सार्क सम्मेलन गर्न प्रयासरत रहेको छ । नेपालले पाकिस्तानलाई एक्लाउने भारतीय रणनितिलाई समर्थन गर्दैन ।
गल्ति ठूला राष्ट्रले गर्ने हामीले किन सजाय भोग्ने ?
आजको दिनमा प्रदुषण गर्ने ठूला राष्ट्र हुन् । यस विमिस्टेकको मुल नारा शान्त समृद्ध र दिगो विकास बंगालको खाडी तर्फ भन्ने रहेको छ । बंगालको खाडी हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको विषय हुन् । जहाँ समुद्रबाट पानी बाफ भई सेता हिमालमा ठोकिन्छन् र पुन वर्षाको चक्र पुरा गर्दछ । ठूला देशहरुले गरेको प्रदुषणले हाम्रा हिमालयहरु पग्लने गरेका छन् । यसको विषयमा बिमिस्टेकमा छलफल हुनेछ ।
७ देशका राष्ट्र प्रमुुख काठमाडौं
बिमिस्टेकमा सहभागी हुन नेपाल सहित ८ देशका राष्ट्रप्रमुख काठमाडौंमा भेला हुनेछन् । अगस्ट ३९ तारिखमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम प्रधानमन्त्री थङको छेरिङ वाङको, म्यानमारका प्रधानमन्त्री विन माइन्ट, श्रीलंकाका राष्ट्रपति माइथारीपाला श्रीसेना थाइल्याण्डका प्रधानमन्त्री इंग्लक सिनावाट्रा र भारतिया प्रधानमन्त्री नरेन्द्र मोदी भने अगस्ट ३० तारिख बिहान काठमाडौं उत्रिनेछन् ।
कार्यक्षेत्र १६ बुँदाबाट घटाएर ७ बुँदा बनाइने
बिमिस्टेकको कार्यक्षेत्र निकै १६ बुँदाबाट घटाएर ७ बुँदामा झार्ने तयारी गरिएको छ । विशेषगरी गरिबी निवारण, ग्रीड कनेक्टिभीटी, अन्तर क्षेत्रिया व्यापार, जलविधुत र सुरक्षा चुनौति लगायत विषयमा छलफल हुनेछ । यसैगरी रेल, अप्टिकल फाइबर, विद्युत प्रशारण र पर्यटन व्यवसायका विषयमा समेत छलफल हुनेछ ।
नेपालको व्यापार चीन र भारतमा मात्र सिमित हुदैंन
नेपाल नेपाली व्यापार चीन र भारतमा मात्र सिमित रहेका देखिएको छ । अब यसको अन्त्य गरि अन्तर क्षेत्रिय व्यापारमा ध्यान दिइनेछ । नेपाल विद्युत बजारको मुख्य केन्द्रमा हुनेछ ।
विदेशी राष्ट्रप्रमुखका गतिविधी
म्यामारका राष्ट्रप्रमुख र श्रीलंकाका राष्ट्रपतिको द्धिपक्षिय भ्रमण हुनेछ । उनीहरु बिमिस्टेको औपचारिक भ्रमण सकिएपछि लुम्बिनी भ्रमणमा निस्किनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति श्री सेना र केपी शर्मा ओलीबीच त्रिपक्षिय छलफल हुनेछ । मोदीले पशुपति विकास क्षेत्रमा बनेको धर्मशालाको सिलान्यास समेत गर्नेछन् ।
उच्च सुरक्षाको तयारी
पाहुनाको सुरक्षाका लागि सरकारले दुई समितिको निर्माण गरी तयारी गरिरहेको छ । सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना तीनै तहका सुरक्षा निकायको परिचालन हुनेछ । होटल साल्टीको सुरक्षा केहि हप्ता अघि देखिनै हुनेछ ।
यसरी हुनेछ बिमिस्टेकको उद्घाटन
अगस्ट ३० तारिखमा थाइल्याण्ड र भारतीय प्रधानमन्त्री काठमाडौं ओर्लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा दिवाभोज आयोजना गर्नेछिन् । दिवाभोजको कार्यक्रम सकिए लगतै होटल सोल्टीमा पुगेर केपी शर्मा ओलीले बिमिस्टेकको औपचारिक उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रम सकिएपछि होटल हायातमा प्रधानमन्त्री ओलीको सामूहिक रात्रीभोज कार्यक्रम हुनेछ । ३० तारिखमा गार्ड अफ अनर दिएर बिमिस्टेकको औपचारिक सम्झौता हुनेछ । अन्तिम दिन काठमाडौं घोषणापत्र जारी गर्नेछ ।
(प्रदिप कुमार ज्ञावालीले दिएको जानकारीमा आधारित)