आयल निगमले विमानमा इन्धन भर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्डरग्राउण्ड पम्प बनाउने

<p>काठमाडौं । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अन्डरग्राउण्ड हवाइ इन्धन भर्न पम्प बनाउने भएको छ । सिनामंगलमा रहेको ट्याङकीबाट सिधै विमानस्थलसम्म पाइपलाइन बिछ्याएर पम्प बनाउन लागेको हो । पम्प निर्माणका लागि नागरिक उड्यान प्रधिकरणसँग प्रस्ताव गरिसकेको निगमका निमित्त प्रवन्ध निर्देशक सशील भट्टराईले बताए । हामीले प्राधिकरणसँग प्रस्ताव गरिसेका छौं, प्राधिकरणले पनि सकारात्मक प्रतिक्रिया [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अन्डरग्राउण्ड हवाइ इन्धन भर्न पम्प बनाउने भएको छ । सिनामंगलमा रहेको ट्याङकीबाट सिधै विमानस्थलसम्म पाइपलाइन बिछ्याएर पम्प बनाउन लागेको हो ।

पम्प निर्माणका लागि नागरिक उड्यान प्रधिकरणसँग प्रस्ताव गरिसकेको निगमका निमित्त प्रवन्ध निर्देशक सशील भट्टराईले बताए । हामीले प्राधिकरणसँग प्रस्ताव गरिसेका छौं, प्राधिकरणले पनि सकारात्मक प्रतिक्रिया दिएकोले काम छिट्टै अघि बढ्नेमा बिस्वस्त छौं, भट्टराईले विकास न्युजसँग भने फिउल हाइड्रेन प्रविधीबाट पेट्रोल पम्प बनाउन सकिए विमानस्थल थप अत्याधुनिक हुनेछ ।ू

हाल विमानस्थलमा दैनिक ७ हजार लिटर हवाइ इन्धन खपत हुँदै आइरहेको छ । यसका लागि १० वटा ट्याङकर सञ्चालमा रहेको छ । निगमका प्रवक्ता बिरेन्द्र गोइतका अनुसार सबैभन्दा धेरै इन्धन बोक्ने ट्याङकरको क्षमता २७ हजार लिटरसम्म छ । ठूला विमानका लागि एक पटकमा ६० हजार लिटर पेट्रोल आवश्यक पर्छ । एउटै जहाजमा पेट्रोल भर्न समय लाग्ने भएकोले यसको समाधानको लागि विमानस्थलमा आधुनिक पम्म आवश्यक हुने प्रवक्ता भट्टराईले बताए ।

विदेशी विमानस्थलमा प्राय सबैको पम्प हुने भएकाले नेपालमा पनि यसको आवश्यक भएको प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार आयल निगमले यसमा प्रस्ताव गरिसकेकोले काम अघि बढ्ने विश्वास व्यक्त गरे ।

हाल विमानस्थलमा जहाजले इन्धन भर्नका लागि पनि पालो कुरेर वस्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा जहाज डिले ढिलो हुने गरेको छ । विमानस्थलमै पम्प बनाउन सकेको खण्डमा समयको बचत हुने र जहाज उडान प्रक्रियामा सहज हुने प्रवक्ता श्रेष्ठले बताए ।

निगमका अनुसार प्राधिकरणले स्वीकृती दिएपछि थप काम अघि बढ्नेछ । पम्पको लागि आवश्यक पर्ने लागत खर्च, डिजाइन सबै निगमले नै बेहोर्नेछ । हाल विमानस्थलमा १० वटा ट्याङकरले सिनामङगलदेखि इन्धन बोकेर भर्ने गरिएको छ ।

Share News