हिमालय ड्रग कम्पनीले ल्यायो छालालार्इ जवान राख्ने नयाँ क्रिम, कसरी प्रयोग गर्ने ?

<p>काठमाडौं । हिमालय ड्रग कम्पनीले “युथ इटर्निटी “ नामक छालाको हेरचाह गर्ने क्रिमहरु प्रस्तुत गरेका छन् । यस युथ इटर्निटी रेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाइ स्टेमसेल प्रविधिबाट तयार पारिएको हो जसले छालालाई जवान राख्न मदत गर्छ । कार्यक्रममा काठमाडौंको प्रख्यात छाला विशेषज्ञ डा.अपर्णा शाहले बिरुवाको स्टेम सेल्सका महत्वबारे जानकारी दिएकी छिन् । समारोहमा [&hellip;]</p>

काठमाडौं । हिमालय ड्रग कम्पनीले “युथ इटर्निटी “ नामक छालाको हेरचाह गर्ने क्रिमहरु प्रस्तुत गरेका छन् । यस युथ इटर्निटी रेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाइ स्टेमसेल प्रविधिबाट तयार पारिएको हो जसले छालालाई जवान राख्न मदत गर्छ ।

कार्यक्रममा काठमाडौंको प्रख्यात छाला विशेषज्ञ डा.अपर्णा शाहले बिरुवाको स्टेम सेल्सका महत्वबारे जानकारी दिएकी छिन् । समारोहमा हिमायल युथ इटर्निटीका ब्राण्ड एम्बास्डर माल्विका सुब्बा तथा हिमालय ड्रग कम्पनीका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा प्रारम्भिक अवस्थादेखि छालाको हेरचाह गर्ने तथा युथइन्टर्निटीको महत्वपूर्ण सिद्धान्तको बारे जानकारी दिइएको छ ।

कम्पनीले अहिलेको समयमा, प्रदुषण, तनाव, युभीकिरण र खराब खानपिन जस्ता कारणले छालाको एजिंग प्रक्रिया तिब्र गतिमा हुने समस्यालाई हटाउन उक्त क्रिम नेपाली बजारमा ल्याएको हो । यस्ता विकृतिहरुले छालामा चाउरी, कालोपन र गाडा धब्बाहरु समेत निम्त्याउछन् । त्यसैले, समयमै आफ्नो छालाको हेरविचार गर्न आवश्यक हुन्छ । यस युथ इटर्निटी रेन्जले छालामा आउने यस्ता समस्याहरुलाई कम गरेर छालालाई पुन जीवित पार्न मदत गर्ने डा. शाहले बताएकी छिन् ।

स्विस एल्प्समा पाइने एडेल वाइस बिरुवा, अत्यन्तै निर्मम वातावरणमा फल्ने भएकाले यसले आफुलाई जोगाउनको निम्ति सक्रिय तत्वहरु उत्पादन गर्दछ । विस्तृत रुपमा भएको अनुसन्धानले यो प्रमाणित गरेको छ कि एडेलवाइस बिरुवाबाट झिकिएको तत्वमा पुनर्स्थापना गर्नसक्ने विशिष्ट गुणहरु पाइन्छन्, जसले छालाको कोमलतालाई जोगाउने काम गर्छ. युथइटर्निटी रेन्जका क्रिममा पाइने बिरुवाको स्टेमसेल्स, एउटा क्रान्तिकारी प्रविधि “प्लान्ट स्टेम सेल टेक्नोलोजीबाट” निकालिएको हो ।

युथ इटर्निटीमा तीनवटा उत्पादनहरु द हिमालय युथ इटर्निटी डे क्रिम, द हिमालय युथ इटर्निटी नाइट क्रिम र द हिमालय युथ इटर्निटी अण्डर आइक्रिम रहेका छन् ।

द हिमालय युथ इटर्निटी डे क्रिम बिरुवाको स्टेम सेलको अनुसन्धान र दुर्लभ जडिबुटिबाट तयार पारिएको एउटा आविस्कारी उत्पादन हो । यो डे क्रिम हलुका, चिप-चिपरहित, छालामा चाँडो सोशिनुका साथसाथै थुप्रै वनस्पतिको समिश्रणले तयार पारिएको हो । यसले मसिना घेरा तथा चाउरी हटाएर छालामा नयाँ जीवन भरेर छालालाई स्वस्थ, चमकदार र जवान बनाउँछ ।

द हिमालय युथ इटर्निटी नाइट क्रिम एडेल्वाइस बिरुवाको स्टेम सेल्स, उडफोरडीया, रोजमर्टल, किपाडेसार स्याउको विशेष मिश्रणले तयार पारिएको, एन्टी अक्सिडेण्टर पोलिफेनोल्सले भरपुर क्रिम हो । यो नाइट क्रिमले छालामा रातभर काम गरेर छालामा रहेका मसिनो घेरा र चाउरी हटाइ छालालाई इभन-टोनर जवान बनाउँछ ।

द हिमालय युथ इटर्निटी अण्डर आइ क्रिममा पर्याप्त मात्रामा एन्टी-इन्फ्लेमेटोरि तत्वहरु हुनुको साथै, एडेल्वाइस बिरुवाको स्टेमसेल्स, उडफोरडीया, रोजमर्टल, किपाडेसार अमलाको अचुक समिश्रणले तयार पारिएको हो । यस अण्डर आइक्रिमले छालाको रुखोपन हटाएर आँखा वरिपरीको छालालाई नरम बनाई त्यसलाई चमकदार, स्वस्थ र जवान बनाउँने कम्पनीले जनाएको छ ।

Share News