कालीमाटीमा पार्सले किलोको २८ सय, स्कुस र काँक्रो ३० रुपैयाँ

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार पार्सले सबैभन्दा महँगो तरकारी रहेकाे छ ।बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पार्सलेको थोक मूल्य प्रतिकिलो २ हजार ८०० रुपैयाँ तोकिएको छ ।

 

त्यस्तै, सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ र सीताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ छ ।

तरकारीतर्फ कुरिलो प्रतिकिलो ८०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ, सेलरी ५०० रुपैयाँ र बरेला ४०० रुपैयाँ कायम भएको छ । चमसुर र मेथीको साग प्रतिकिलो १५० रुपैयाँ तोकिएको छ ।

गोलभेँडा ठूलो नेपाली र भारतीय दुवै प्रतिकिलो ७० रुपैयाँ छ । सानो लोकल गोलभेँडा ३० रुपैयाँ र टनेल गोलभेँडा ६० रुपैयाँ कायम भएको छ ।

आलु रातो प्रतिकिलो ६० रुपैयाँ, आलु सेतो ३२ रुपैयाँ र भारतीय रातो आलु ३५ रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ९२ रुपैयाँ छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ छ । अनार प्रतिकिलो ३५० रुपैयाँ, कागती ३०० रुपैयाँ र किबी ३०० रुपैयाँ कायम भएको छ ।

केरा नेपाली र मालभोग दुवै प्रतिदर्जन १५० रुपैयाँ तोकिएको छ । मेवा नेपाली प्रतिकिलो ६० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ छ ।

समितिका अनुसार स्कुस र हाइब्रिड काँक्रो प्रतिकिलो ३० रुपैयाँमा उपलब्ध छन् । सानो लोकल गोलभेँडा पनि प्रतिकिलो ३० रुपैयाँ तोकिएको छ । 

Share News