हुण्डाई एक्सचेन्ज क्याप बिहिबारदेखि शुरु, साढे एक लाखसम्म बोनस दिने

<p>काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले साउन १७(बिहीबार)देखि हुण्डाई एक्सचेन्ज कार्यक्रम शुरु गर्दै छ ।  कम्पनीले बिहीबारदेखि साउन २० गतेसम्म बिहानको १० बजे दखि साँझको ६ बजेसम्म हुण्डाई एक्सचेन्ज क्यापको आयोजना गर्न लागेको हो । उक्त क्यापमा एक्स्चेञ्ज अफर साथै स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स र क्यास डिस्काउन्ट [&hellip;]</p>

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले साउन १७(बिहीबार)देखि हुण्डाई एक्सचेन्ज कार्यक्रम शुरु गर्दै छ ।  कम्पनीले बिहीबारदेखि साउन २० गतेसम्म बिहानको १० बजे दखि साँझको ६ बजेसम्म हुण्डाई एक्सचेन्ज क्यापको आयोजना गर्न लागेको हो ।

उक्त क्यापमा एक्स्चेञ्ज अफर साथै स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स र क्यास डिस्काउन्ट दिने भएको छ । साथै, लोयालिटी बोनस २० हजार रुपैयाँ बराबरको र एक्स्चेञ्ज बोनस एक लाख ५० हजार रुपैयाँसम्म दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ४ वर्षको फ्री सर्भिस, ३ वर्षको वारेन्टी र आकर्षक उपहारहरु हरेक टेष्ट ड्राइभमा प्रदान गरिने छ । त्यस अन्तर्गत टेष्ट ड्राइभ गर्ने ४ लक्की विजेताहरुलाई टेष्ट ड्राइभ एण्ड वीन योजना अन्तर्गत कुलप्याड प्ले ६ स्मार्टफोन प्रदान गरिने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का सहायक महाप्रवन्धक बिक्री तथाबजार व्यवस्थापक रुपेश शर्मा भट्टले भने, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

उक्त एक्सचेन्ज क्याप नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Share News