काठमाडौं । प्रभु बैंकले बागलुङ्ग र भोजपुरमा आफ्नो थप २ शाखा विस्तार गरेको छ । बैंकले बागलुङ्ग जिल्लाको ताराखोला र भोजपुर जिल्लाको हतुवागढि गरी २ वटा नयाँ शाखा कार्यालयहरु आइतबारदेखि सञ्चालनमा ल्याएको छ ।

उक्त ताराखोला शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले गरेका छन् । त्यसैगरी, हतुवागढि शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले गरेको हुन् ।