नयाँ एयरबस उडाउने पाइलटलाई मासिक १८ लाख तलब, १३ विमान हाक्दै वायुसेवा निगम

<p>काठमाडौं । वायुसेवा निगमले ल्याएको ए ३३०-२०० उडाउने पाइलटलाई मासिक १८ लाख रूपैयाँ तलब दिइने भएको छ । नेपालमै पहिलो पटक ल्याइएको २७४ सिट क्षमताको वाइड बडी सञ्चालन गर्ने पाइलटलाई १८ लाख र को पाइलटलाई १२ लाख रूपैयाँ दिने तयारी निगमले गरेको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निगमका महानिर्देशक सुगतरत्न कंसकारले अब १३ वटा [&hellip;]</p>

काठमाडौं । वायुसेवा निगमले ल्याएको ए ३३०-२०० उडाउने पाइलटलाई मासिक १८ लाख रूपैयाँ तलब दिइने भएको छ । नेपालमै पहिलो पटक ल्याइएको २७४ सिट क्षमताको वाइड बडी सञ्चालन गर्ने पाइलटलाई १८ लाख र को पाइलटलाई १२ लाख रूपैयाँ दिने तयारी निगमले गरेको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निगमका महानिर्देशक सुगतरत्न कंसकारले अब १३ वटा विमानसहित निगमलाई नयाँ ढंगले अघि बढाउने बताए । ‘हामीले वार्षिक ४ लाख यात्रु बोक्दै आइरहेका छौं, अब दुई नयाँ वाइडबडीबाट यात्रुको संख्या वार्षिक ८ लाख पुर्याउने लक्ष्य राखेका छौं,’ कंसकारले भने ।

उनका अनुसार २ वटा वाइड बडी सञ्चालन गर्नका लागि जम्मा ३६ जना पाइलटको आवश्यक हुन्छ । अहिले वाइड बडी सञ्चालन गर्नका लागि ३ जना विदेशी पाइलट रहेका छन् । निगमले केहि महिनापछि ६ जना पाइलट र ६ जनाको पाइलट तयार गर्नेछ ।

१३ विमान सञ्चालन गर्न १ सय १६ जना पाइलटको आवश्यक रहेको छ । निगमसँग हाल ८८ जना पाइलट रहेको छ बाँकी पाइलट करारमा विदेशबाट ल्याउने तयारी गरेको छ ।

निगमले २०७५/७६ भित्रमा थप १० जहाज थप्नलाई आवश्यक प्रक्रिया अघि बढाउने योजना बनाएको छ । २०१९ भित्र १ सय ५६ सिट क्षमताको २ न्यारोबडी ल्याउने तयारी निगमको रहेको छ ।

Share News