काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन थप ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार(आज) मात्रै कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा गरी ६ वटा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गरेको हो ।
यी शाखाहरु मार्फत सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यसका साथसाथै यी शाखाहरुको सञ्चालनसँगै स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।
यी ६ वटा शाखासहित बैंकले ११८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।