ज्योति विकास बैंक चितवनको पर्सामा

<p>काठमाडौं । ज्योति विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष श्री हरिचन्द्र खड्काले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । अध्यक्ष खड्काले बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष श्री हरिचन्द्र खड्काले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

अध्यक्ष खड्काले बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायिक हिसाबले महत्वपुर्ण मानिने चितवनमा शाखा संजाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेकोले कारोवार गरि सहयोग गर्न अनुरोध गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । चालु आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबा १६ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १४ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

 

Share News