सरकारी ढुकुटीमा साढे २ खर्ब वचत, असारे विकासको प्रभाव

<p>काठमाडौं । सरकारको ढुकुटीमा २ खर्ब ५२ अर्ब रुपैयाँ बढी संचित रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा अझै साढे २ खर्ब रुपैयाँ भन्दा बढी संचित रहेको देखिएको छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा केन्द्रीय बैंकमा खर्बौ रुपैयाँ संचित रहेको हो । दुई महिनाअघि ३ खर्ब ७१ रुपैयाँ बढी [&hellip;]</p>

काठमाडौं । सरकारको ढुकुटीमा २ खर्ब ५२ अर्ब रुपैयाँ बढी संचित रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा अझै साढे २ खर्ब रुपैयाँ भन्दा बढी संचित रहेको देखिएको छ । सरकारले पुँजीगत खर्च गर्न नसक्दा केन्द्रीय बैंकमा खर्बौ रुपैयाँ संचित रहेको हो । दुई महिनाअघि ३ खर्ब ७१ रुपैयाँ बढी संचित कोषमा वचत रहेकोमा खर्च बढेपछि रकम घट्न थालेको हो । यो गत जेठसम्मको तथ्याँक हो ।

मंगलबारसम्म पुँजीगत खर्च ५१ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्षमा ३ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा असार १२ गतेसम्म १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यलेले जनाएको छ । आर्थिक वर्ष सकिन दुई साता केही दिन मात्र बाँकी हुदाँ आधा खर्च हुन बाँकी रहेको देखिएको छ ।

४६९ अर्ब बराबरको नोट निष्कासन

राष्ट्र बैंकले गत जेठसम्म ४ खर्ब ६९ अर्ब ७० करोड रुपैयाँ बराबरको विभिन्न दरका कागजी नोट निष्कासन गरेको छ । केन्द्रीय बैंकले निष्कासन गरेको मध्ये ४ खर्ब ६० अर्ब ८६ करोड रुपैयाँ चलचल्तीमा रहेका छन् । ८ अर्ब ८७ करोड ८६ लाख रुपैया नोट मौज्दातमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन गर्छ । केन्द्रीय बैंकले हालसम्म सुनचाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ ।

केन्द्रीय बैंकको पुँजी ५ अर्ब रुपैयाँ छ । सरकारले कागजी नोटको प्रयोग क्रमशः कटौती गर्दै लैजाने भएको । नोटको कारोबार कम गराउन सरकारले गत साउनदेखि १० लाख रुपैयाँ भन्दा बढिको वित्तिय कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै गाडी किन्दा २० लाख रुपैयाँ र जग्गा किन्दा २० लाख रुपैयाँदेखि भुक्तानी चेकमार्फत हुने अनिवार्य व्यवस्था गरिएको छ ।

 

Share News