माछापुच्छ्रे बैंकको लेकसाइड शाखा स्थानान्तरण

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ । बैंकले मंगलबारदेखि संचालनमा आउने गरी उक्त शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका छन् । नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ्ग सुबिधा उपलब्ध गराएको छ [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो वाराहीचोक स्थित लेकसाइड शाखालाई हल्लनचोकमा स्थानान्तरण गरेको छ । बैंकले मंगलबारदेखि संचालनमा आउने गरी उक्त शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका छन् ।

नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, बैंकले एटिएमको सुबिधा समेत हल्लन चोकमा स्थानान्तरण गरेका बताएको छ ।

यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

हाल बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।

 

Share News