जनता बैंकको नयाँ शाखा जाजरकोटमा, थप ६ शाखारहित बैकिङ्ग सेवा संचालनमा

<p>काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ थप एक नयाँ शाखा र ६ वटा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले जाजरकोटको थलहमा नयाँ शाखा खोलि कारोबार शुरु गरेको छ । त्यसैगरी, बैंकले बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथाकञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार शरु गरिसकेको छ । त्यस्तै, भोलिदेखि दार्चुलाको [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ थप एक नयाँ शाखा र ६ वटा शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले जाजरकोटको थलहमा नयाँ शाखा खोलि कारोबार शुरु गरेको छ ।

त्यसैगरी, बैंकले बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथाकञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार शरु गरिसकेको छ । त्यस्तै, भोलिदेखि दार्चुलाको काँडापारीबाट शाखारहित बैंकिङ्ग कारोवार सुरु हुने बैंकले जनाएको छ ।

यससहित बैंकले ११९ शाखा, ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

Share News