काठमाडौं । आइएमई १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । मंगलबार कम्पनीले ‘१८औँ वार्षिकोत्सव साझेदारी’ भन्ने मूल नाराका १७औँ वार्षिकोत्सव मनाएको छ ।

आइएमईले स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको छ । साथै, १८औं वर्षसम्मको व्यावसायिक यात्रामा कम्पनीले देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ ।
१८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखि राखेको छ । कम्पनीले ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।
आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सपmल भएको छ । रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ ।