भेनेजुएलाको तेल, अमेरिकी जफत र चीनसँगको बढ्दो टकराव

काठमाडौं । भेनेजुएलाको तेलसँग सम्बन्धित ट्याङ्करहरू जफत गर्ने अमेरिकाको अभियान तीव्र बन्दै गइरहेको बेला चिनियाँ बजारतर्फ गइरहेको थप कच्चा तेल अमेरिकी सैन्य कारबाहीमा फस्यो भने यसले अमेरिका र चीन सरकारबीचको तनाव अझ चर्किन सक्ने देखिएको छ । शनिबार पानामा झण्डा बोकेको सेनचुरीज नामक ट्याङ्कर प्रतिबन्धित भेनेजुएलाली तेल बोकेको अवस्थामा जफत गरियो, जसको चीनले कडा निन्दा गरेको छ । यो जफत राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल बोकेका ट्याङ्करहरू रोक्ने प्रतिबद्धता अन्तर्गतको पछिल्लो कदम हो ।  समुद्री विज्ञहरूका अनुसार यो कदम यस्तो कानुनी अधिकार प्रयोग गरेर गरिएको हुन सक्छ, जसले आगामी दिनमा अझ धेरै ट्याङ्कर जफत हुने देखिन्छ र यसले चिनियाँ बजारतर्फ गइरहेको तेललाई पनि लक्षित गर्न सक्छ । केप्लरका वरिष्ठ विश्लेषक डिमिट्रिस अम्पात्जिदिसका अनुसार पानामा झण्डावाहक सेनचुरीजको जफत सन् २००२ को सालास–बेकर सम्झौता अन्तर्गत गरिएको हुन सक्छ, जसले अमेरिकी अधिकारीहरूलाई पानामा झण्डा बोकेका जहाजहरूलाई केवल दुई घण्टाको सूचनामा चढ्न अनुमति दिन्छ । ‘सेनचुरीज जफत प्रकरणको सबैभन्दा चासोको विषय भनेको अमेरिका पानामा समुद्री प्राधिकरणसँगको अघिल्लो बोर्डिङ सम्झौतामै निर्भर भएको संकेत हो,’ अम्पात्जिदिसले भने, ‘यस सम्झौताको प्रयोगले थप जफतको बाटो खोल्न सक्छ ।’ केप्लरको विश्लेषणअनुसार हाल भेनेजुएलाको विशेष आर्थिक क्षेत्रभित्र पहिचान गरिएका २३ वटा ‘छायाँ ट्याङ्कर’ मध्ये तीनवटा पानामा झण्डाअन्तर्गत सञ्चालनमा छन् र ती सबै प्रतिबन्धित भेनेजुएलाली कच्चा तेलले भरिएका छन् । ‘यदि राग्नार, बाल्सा र लार्कोले प्रस्थान गर्ने प्रयास गरे भने पानामा झण्डाअन्तर्गत सञ्चालनमा भएकाले ती उच्च जोखिमको कार्यान्वयन श्रेणीमा पर्छन्,’ अम्पात्जिदिसले भने, ‘सेनचुरीजमा देखिएजस्तै जफत हुन सक्छ ।’ राग्नार डिसेम्बर १६ मा लोड गरिएको थियो भने बाल्सा र लार्को डिसेम्बर १७ मा लोड गरिएको थियो । ‘पहिले नै प्रतिबन्धित जहाजहरूबाहेक अमेरिका भेनेजुएलाबाट कार्गोसहित प्रस्थान गर्ने प्रयास गर्ने अन्य ‘छायाँ फ्लीट’सँग सम्बन्धित जहाजहरूलाई पनि लक्षित गर्न झनै इच्छुक देखिन्छ विशेष गरी झण्डाविहीन (स्टेटलेस) वा पानामा झण्डा बोकेका जहाजहरू,’ अम्पात्जिदिसले भने । चर्टफ ग्रुपका संघीय रणनीति तथा सुरक्षा प्रमुख तथा अवकाशप्राप्त कोस्ट गार्ड कप्तान आरोन रोथका अनुसार ‘यस सम्पूर्ण घटनाक्रमको सबैभन्दा चासोको पक्ष भनेको भेनेजुएलाको तेलमाथि दबाब बढाउँदा केवल मादुरो शासनमाथि मात्र होइन, चीनमाथि पनि रणनीतिक असर पर्नु हो ।’ ‘यो प्रक्रिया लामो समयसम्म चलिरहेमा अमेरिका–चीन कुटनीतिमा वार्ताको ठाउँ सिर्जना हुन सक्छ, किनकि भेनेजुएलाको तेल चीनलाई छुटमा उपलब्ध हुँदै आएको छ र चीनले प्रशोधन गर्न सक्ने खालको भारी कच्चा तेल हो । भेनेजुएलाको तेल नपाएपछि चीनले रूस र मध्यपूर्वबाट तेल किन्नुपर्ने हुन्छ, जुन उसलाई महँगो पर्छ,’ उनले थपे । सन् २०२५ सम्म भेनेजुएलाले करिब ९ लाख ब्यारेल कच्चा तेल र कन्डेन्सेट उत्पादन गरेको छ, जुन विश्व आपूर्तिको झन्डै १ प्रतिशत हो । केप्लरको तथ्याङ्कअनुसार चीनले भेनेजुएलाको उत्पादनको करिब ७६ प्रतिशत खरिद गर्छ । अमेरिकाले २०२५ मा करिब १७ प्रतिशत आयात गरेको छ, जुन २०२४ को तुलनामा झन्डै आधा हो । क्युबा, स्पेन र इटाली भेनेजुएलाली तेलका अन्य महत्त्वपूर्ण ग्राहक हुन् । अमेरिकी कोस्ट गार्ड र अमेरिकी यातायात विभागले प्रतिक्रिया मागलाई ह्वाइट हाउसतर्फ पठाएका थिए, तर समाचार लेखिँदासम्म ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको थिएन । केप्लरको तथ्याङ्कले देखाउँछ कि सेनचुरीज पहिले पनि भेनेजुएलाली कच्चा तेल र इन्धन तेलको ढुवानीसँग सम्बन्धित विभिन्न गतिविधिमा संलग्न थियो । जस्तै– भेनेजुएलाको जोसे तेल टर्मिनलमा लामो दूरीका ट्याङ्करका रूपमा लोडिङ गर्नेदेखि भेनेजुएला र मलेसियाको समुद्रतटबाहिर ट्रान्ससिपमेन्ट गर्ने कामसम्म । जोसे तेल टर्मिनलमा कच्चा तेल लोड गरेपछि अमेरिका सेनचुरीजलाई जफत गरेको केप्लरको तथ्याङ्कले देखाउँछ । ट्याङ्कर लोड हुनुअघि यसको वास्तविक स्थान लुकाउन झुट्टा एआईएस संकेत (स्पुफिङ) प्रयोग गरिएको पत्ता लागेको थियो । गलत संकेतले डिसेम्बरको सुरुवातमा जहाज क्यारिबियनतर्फ जाँदै गरेको डिसेम्बर १२ मा कुरासाओको उत्तरी तट पुगेको र त्यहाँ स्थिर रहेको देखाएको थियो । तर केप्लरको तस्बिर विश्लेषणअनुसार जहाज कम्तीमा डिसेम्बर ४ देखि नै भेनेजुएलाको तट नजिकै थियो । थप तस्बिरहरूले उक्त अवधिमा ट्याङ्कर खाली रहेको देखाए । तर डिसेम्बर ९ मा उपग्रह तस्बिरले भेनेजुएलाको जोट बन्दरगाहको पश्चिमी घाटमा ट्याङ्कर लोड भइरहेको पुष्टि गर्‍यो । केप्लरले समीक्षा गरेका भेनेजुएलाली बन्दरगाह सञ्चालन प्रतिवेदनअनुसार, ुक्र्यागु उपनामअन्तर्गत सञ्चालनमा रहेको उक्त जहाज त्यही समय सेनचुरीज लोड भइरहेको घाटबाट करिब २० लाख ब्यारेल भेनेजुएलाली मेरेय कच्चा तेलले भरिएको थियो । लोडिङपछि सेनचुरीज जोटको पूर्वतर्फ नै रह्यो र डिसेम्बर १६ मा भेनेजुएलाको लेचेरीया तट नजिकै रहेको देखियो । ‘दुई दिनपछि उपग्रह तस्बिरले जहाज भेनेजुएलाली पानी छोडिसकेको र ग्रेनेडाको दक्षिणतर्फ करिब तीन माइल दूरीमा देखिएको पुष्टि गर्‍यो, जुन एसियातर्फको यात्रासँग मेल खान्छ,’ केप्लरको प्रतिवेदनमा उल्लेख छ । स्पुफिङ र ट्याङ्कर–टु–ट्याङ्कर ट्रान्ससिपमेन्ट प्रयोग गरिएकाले प्रतिबन्धित तेल बोकेको कुनै पनि जहाज सीधै चीनतर्फ जाँदैछ कि छैन भन्ने कुरा बजारले अग्रिम रूपमा थाहा पाउन सक्दैन । पुष्टि प्रायः पछि मात्र हुन्छ । तर सप्ताहन्तमा जफत गरिएका दुवै जहाजको चीनतर्फ तेल ढुवानी गरेको अघिल्लो इतिहास रहेको केप्लरले जनाएको छ । सेनचुरीज पहिलोपटक अप्रिल २०२० मा करिब २० लाख ब्यारेल प्रतिबन्धित भेनेजुएलाली मेरेय कच्चा तेल लोड गरेको देखिएको थियो । उक्त तेल चीनको शान्दोङ प्रान्तस्थित यान्ताई तेल टर्मिनलमा झारिएको थियो । सप्ताहन्तमा जफत गरिएको दोस्रो जहाज बेला १ भने खाली अवस्थामा भेनेजुएलातर्फ जाँदै थियो । यसले यसै वर्ष मार्च मध्यतिर इरानी तेल चीनको छिङदाओ पुर्‍याएको थियो । बेला १ ले भेनेजुएलाबाट गरेको अन्तिम यात्रा मे २०२३ मा थियो र त्यो तेल पनि छिङदाओ र तियानजिन, चीन पुगेको थियो । ‘ट्रम्प प्रशासनले चीनतर्फ गइरहेको जहाज जफत गरेपछि चीनबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुरा अझै देखिन बाँकी छ,’ लिपो अयल एसोसिएट्सका अध्यक्ष एन्ड्र्यु लिपोले भने । पानामा झण्डावाहक सेनचुरीजजस्ता जहाजहरूको जफत अमेरिका, चीन र पानामाबीच पानामा नहरको नियन्त्रणलाई लिएर चलिरहेको तनावकै बीचमा भएको हो । ट्रम्पले नहर चीनको नियन्त्रणमा रहेको भन्दै पानामा नहर फिर्ता लिने धम्कीसमेत दिएका छन् । ‘भू–राजनीतिले विभिन्न रूपले विश्व व्यापार, आर्थिक सम्बन्ध र समुद्री आपूर्ति शृंखलामा झनै प्रभाव पार्दै गएको छ । यो त्यसैको अर्को उदाहरण हो,’ जेनेटाका प्रमुख ढुवानी विश्लेषक पिटर स्यान्डले भने । पानामाको सहकार्य आवश्यक पर्ने कानुनी सम्झौता प्रयोग गरेर अमेरिका जहाज जफत गर्नु चीनले नहरसम्बन्धी ठूलो विवादको सन्दर्भमा हेर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।  आपूर्ति शृंखला परामर्श कम्पनी एक्जिगरका सीईओ ब्रान्डन ड्यानियल्सका अनुसार, ‘यदि जहाज साँच्चिकै पानामा झण्डावाहक हो र तपाईं उच्च समुद्रमा चढ्दै हुनुहुन्छ भने सामान्यतया झण्डा राज्यको अनुमति चाहिन्छ (सेनचुरीजका हकमा पानामा) । अमेरिका र पानामाबीच त्यस्तो सहमति छ जसले अनुमति प्रक्रिया छिटो बनाउँछ ।’ चीनले पछिल्लो अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनका रूपमा चित्रित गरे पनि अमेरिका यसलाई प्रतिबन्ध छल्ने र कार्यान्वयनबाट बच्न ‘छायाँ फ्लीट’का रणनीति प्रयोग गरिएको घटनाका रूपमा हेर्दै आएको छ ।  हङकङस्थित सीके हट्चिसनले नहरको दुवै छेउमा रहेका बाल्बोआ र क्रिस्टोबाल बन्दरगाह सञ्चालन गर्छ । अमेरिकाले चीनको ‘प्रभाव र नियन्त्रण’ रहेको आरोप लगाउँदै यसलाई अमेरिका–पानामा सन्धिको उल्लङ्घन भनेको छ । यसै वर्ष सीके हट्चिसन र ब्ल्याकरोके नेतृत्व गरेको कन्सोर्टियम (ग्लोबल इन्फ्रास्ट्रक्चर पार्टनर्स र मेडिटेरेनियन सिपिङमार्फत) बीच पानामा नहरका दुई विवादित बन्दरगाह बिक्री गर्ने प्रारम्भिक सम्झौता रोकिएको छ । चीन यस सम्झौताविरुद्ध रहेको बताइन्छ र प्रस्तावित २२.८ अर्ब डलरको सम्झौतामा राज्य–स्वामित्वको ढुवानी कम्पनी कोस्कोलाई नियन्त्रणकारी हिस्सा दिन दबाब दिइरहेको छ। ड्यानियल्सका अनुसार यदि कोस्को सम्झौतामा जोडियो भने ट्रम्प प्रशासनको चिनियाँ प्रभावसम्बन्धी चिन्ता कायमै रहनेछ । तर उनले पानामाका राष्ट्रपति होसे राउल मुलिनोलाई ‘एशियाली व्यापारिक साझेदारहरूसँगको विश्वासलाई पनि महत्त्व दिने’ नेता भनेका छन् । ‘बाल्बोआ र क्रिस्टोबालमा चीनका थप आक्रामक चालहरूले पानामालाई नहर तटस्थ राख्न वा अमेरिकासँग सहकार्य गर्नबाट रोक्दैन,’ आपूर्ति शृंखला परामर्श कम्पनी एक्जिगरका सीईओ ब्रान्डन ड्यानियल्सले भने । ‘कोस्कोको नियन्त्रणसँगै चीनले विश्वव्यापी कन्टेनर ट्रान्ससिपमेन्ट क्षमतामा ‘चोकप्वाइन्ट’, बर्थिङ प्राथमिकता, यार्ड सञ्चालन र व्यावसायिक डाटामा प्रभाव जमाउन सक्छ । यसले आपूर्ति शृंखलामा दबाब पर्छ । तर चिनियाँ कम्युनिस्ट पार्टीले आज पनि हङकङका निकायहरूमाथि प्रभाव प्रयोग गर्न सक्छ,’ उनले थपे । उनका अनुसार अहिलेको अवस्थाले पानामाको चीन र अमेरिका दुवैसँगको गतिशील र जटिल सम्बन्ध देखाउँछ । ‘पानामा दक्षिण एसियाली व्यापार मार्ग बन्न र जहाजहरूको प्रमुख झण्डा राज्य हुन केन्द्रित छ, तर दिगो वित्तीय स्रोतका लागि अमेरिकासँगको सहकार्यलाई रणनीतिक अपरिहार्यता ठान्छ,’ ड्यानियल्सले भने ।

अमेरिकी भिसा नवीकरणमा ढिलाइ हुँदा भारतीय कामदार स्वदेशमै अलपत्र

काठमाडौं । अति दक्ष विदेशी कामदार लक्षित एच-वन-बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौं भारतीय व्यवसायीहरू अमेरिकाले श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका छन् ।  मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायत धेरै शहरहरूका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासि पुनः तालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसकेका हुन् । ‘विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकहरूलाई सिधै सूचित गर्नेछौँ,’ नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने । अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरहरूलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियमहरू लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो । ‘विदेश मन्त्रालयले सबै भिसा आवेदकहरूको विस्तृत जाँच गर्छ, जसमा ‘एफ’, ‘एम’ र ‘जे’ गैर-आप्रवासी वर्गीकरणमा सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थिति समीक्षा हुन्छ । डिसेम्बर १५ देखि हामी सबै विशेष व्यवसाय अस्थायी कामदार एच-न-बी भिसा आवेदकहरू र ‘एच-फोर’ भिसा वर्गीकरणमा उनीहरूका आश्रितहरूका लागि अनलाइन उपस्थिति समीक्षालाई विस्तार गर्दैछौँ,’ प्रवक्ताले भने । उनले भने, ‘प्रत्येक भिसाको मामलामा आवेदकले संयुक्त राज्य अमेरिकाको रक्षा र सुरक्षाको लागि जोखिम उत्पन्न गर्दैन, उसले भिसाको लागि आफ्नो योग्यता विश्वसनीय रूपमा स्थापित गरेको छ र आवेदकले भर्नाका सर्तहरूसँग मिल्दोजुल्दो गतिविधिहरूमा संलग्न हुन चाहन्छ भन्ने कुराको सुनिश्चित गर्न हामी आवश्यक समय लिन्छौं ।’

रेयर अर्थमा विश्व राजनीति : चीनको प्रभुत्व, अमेरिकाको चिन्ता र भारतको रणनीति

काठमाडौं । नोभेम्बरमा चीनबाट अमेरिकातर्फ हुने दुर्लभ पृथ्वी चुम्बक (रेयर अर्थ म्याग्नेट) को निर्यात अक्टोबरको तुलनामा ११ प्रतिशतले घटेको छ । यस्तो गिरावट त्यतिबेला आएको हो, जब विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध केही नरम बन्दै गएको बताइएको थियो । चिनियाँ भन्सार तथ्यांकअनुसार अमेरिकातर्फ पठाइने रेयर अर्थ चुम्बकको ढुवानी अक्टोबरमा ६५६ टनबाट घटेर करिब ५८२ टनमा सीमित भयो । यद्यपि अर्को एउटा रिपोर्टअनुसार सबै दुर्लभ–पृथ्वी उत्पादनहरूको बिक्री अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ । जसमा चुम्बक प्रमुख छन् । रेयर अर्थ चुम्बकहरू सैन्य उपकरणदेखि लिएर विद्युतीय कारसम्ममा प्रयोग हुन्छन् । यस वर्ष अमेरिका–चीन व्यापार युद्धका क्रममा यी चुम्बक चीनको शक्तिशाली हतियार बनेका थिए ।  अप्रिलमा बेइजिङले निर्यात नियम कडा पारेपछि अमेरिकातर्फ पठाइने चुम्बकको ढुवानी ५० टनभन्दा पनि कममा झरेको थियो । यसले विश्वभर तीव्र अभावको आशंका पैदा गरेको थियो । वर्षभरि तनाव पटक–पटक बढ्यो र केही समय शान्त पनि रह्यो । तर अहिले निर्यात फेरि सामान्य स्तरमा फर्किएको छ । यसैबीच अन्य देशहरूले पनि रेयर अर्थ क्षेत्रमा आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका छन् । कजाकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानले हालै एउटा बैठक सम्पन्न गरेका छन् । मध्य एसियाका यी पाँच देशसँग सुन, दुर्लभ–पृथ्वी तत्व र युरेनियमजस्ता विशाल खनिज स्रोत छन् । रूस, चीन, दक्षिण एसिया र मध्यपूर्वबीचको भौगोलिक अवस्थाले यी देशहरूलाई पूर्वाधार र व्यापारका लागि रणनीतिक बाटो बनाएको छ । दुर्लभ पृथ्वी तत्व १७ वटा तत्वहरूको समूह हो । यी वस्तुलाई ‘दुर्लभ’ भनिनुको कारण पृथ्वीमा कम पाइने भएकाले होइन (वास्तवमा यी प्रशस्त मात्रामा उपलब्ध छन्) । बरु, यी तत्वहरूलाई शुद्ध रूपमा निकाल्न र प्रशोधन गर्न अत्यन्तै कठिन, महँगो र वातावरणीय रूपमा जटिल हुने भएकाले यस्तो नाम दिइएको हो ।  यी तत्वहरू प्रायः मिसिएको अवस्थामा पाइन्छन् र छुट्याउनु ठूलो चुनौती हुन्छ । यस क्षेत्रमा चीनको प्रभुत्व छ । आधुनिक प्रविधिका लागि यी तत्व अत्यन्त महत्त्वपूर्ण छन् । स्मार्टफोन, कम्प्युटर, विद्युतीय सवारी, पवन टर्बाइन र रक्षा उपकरणलगायत धेरै उत्पादनमा यसको प्रयोग हुन्छ । चीन विश्वकै सबैभन्दा ठूलो दुर्लभ पृथ्वी उत्पादक हो । अमेरिकासहित धेरै देश आपूर्तिका लागि चीनमा अत्यधिक निर्भर छन् । व्यापार युद्धका क्रममा चीनले निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएपछि अमेरिका र अन्य देशहरूलाई रेयर अर्थका वैकल्पिक स्रोत खोज्न प्रेरित गरेको छ । मध्य एसियाली देशहरूको पहल यस दिशामा महत्त्वपूर्ण विकास हुन सक्छ । ती देशहरूसँग रहेका खनिज भण्डार र रणनीतिक अवस्थाले उनीहरूलाई रेयर अर्थ आपूर्ति शृंखलामा महत्त्वपूर्ण खेलाडी बनाउन सक्छ । भारतले पनि ‘रेयर अर्थ’ क्षेत्रमा चीनको वर्चस्वलाई चुनौती दिन र आत्मनिर्भर बन्न हालै आफ्नो रणनीति तीव्र बनाएको छ । राष्ट्रिय महत्त्वपूर्ण खनिज मिसनअन्तर्गत खनिज विदेश इन्डिया लिमिटेड स्थापना गरिएको छ । यसको मुख्य उद्देश्य विदेश—विशेषगरी अष्ट्रेलिया र दक्षिण अमेरिका (जस्तै अर्जेन्टिना र चिली)– मा रेयर अर्थ र लिथियमजस्ता महत्वपूर्ण खनिज स्रोत पहिचान गर्नु र त्यहाँ खनन अधिकार हासिल गर्नु हो ।  भण्डारका हिसाबले भारत विश्वमा पाँचौं स्थानमा पर्छ । तर प्रशोधन प्रविधिको अभावका कारण आवश्यकताका लागि अझै पनि चीनमा धेरै हदसम्म निर्भर छ । भारतसँग विश्वको करिब ६ प्रतिशत रेयर अर्थ भण्डार छ, जुन मुख्यतः तटीय राज्यहरू (ओडिशा, केरल, तमिलनाडु) का बालुवामा पाइन्छ । अदालतको एक फैसलाले मस्क मालामाल, नेटवर्थ ७०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति