अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने

काठमाडौं । अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने सम्भावना बढेको छ । बिहिबार राती आफ्नै घरेलु मैदानमा पेरुसँग बराबरीमा रोकिएपछि रुसमा आयोजना हुने विश्व कप खेल्न नपाउने अवस्थामा अर्जेन्टिना पुगेको हो । १७ खेलबाट २५ अंक जोडेको अर्जेन्टिना छैठो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको पेरु भने गोल अन्तरका कारण पाँचौं स्थानमा छ । अब अर्जेन्टिनाले आफ्नो अन्तिम छनौट खेल इक्वेडरसँग खेल्दैछ । सो खेल जितेपनि रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गर्न भने अर्जेन्टिनाले अन्य टोलीहरुको खेलको नजिता कुर्नुपर्नेछ । दक्षिण अमेरिकी समुहबाट ब्राजिलले रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गरिसकेको छ ।

भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन जनालाई

स्वीडेन । सन् २०१७को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोम’ले गरेकोे छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ । पुरस्कार गुरुत्वाकर्षण तरङ्गसम्वन्धि अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेवापत प्रदान गरिएको हो । उनीहरूको विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरङ्गलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो । “यससँगै अहिलेसम्म पहिचान नभएको संसारलाई पत्ता लगाउन बाटो खुलेको छ । यो गुरुत्वाकर्षण तरङ्गसम्वन्धि खगोलशास्त्रमा नयाँ बिहानी मानिएको छ,” पुरस्कार चयन समितिका एक सदस्य ओल्गा बोटनरले जनाए। पुरस्कार घोषणापछि गरिएको टेलिफोन वार्तामा विसले भने, पुरस्कार प्राप्त गर्दा आफूलाई आनन्दको अनुभूति भएको बताए । उनले गुरुत्वाकर्षण तरङ्गलाई लिएर योगदान दशकौदेखि योगदान गर्नुहुने वैज्ञानिकहरूको प्रशंसा गरेका छन् । विसले थपे, “साच्चै म साहै्र प्रफुल्ल छु । यो अचम्मको अनुभव हो ।” यससँगै संसार बुझ्नका लागि नयाँ वैज्ञानिक बाटो तय भएको छ । रासस

चीनद्धारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण शुरु, ३८० मिटर अग्लो हुने

चीन । चीनले अहिलेसम्म संसारकै ‘सबभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले जानकारी गराएकोे छ । यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै सवैभन्दा अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ । सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को शुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको रहेको छ । रासस