अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १ सय ९० अर्ब डलर थप गर्ने सरकारको घोषणा

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १ सय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गरेका छन् । आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिका समेतका परम्परागत मित्रराष्ट्रसंगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताए । उनले दोस्रो विश्वयुद्ध पछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताए । प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरुमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनाबको अवस्था रहेको बताउँदै भने, “अस्ट्रेलियामा कोरोनाभाइरसको कहर मत्थर भएपनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरिब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ ।” उनले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामु चुनौती छ भने । प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तिब्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट लुकेको छैन भने । अस्ट्रेलियाली सेनाको क्षमता बिस्तार गर्न सरकारले अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरिद गर्नेछ । यसअघि १ सय २४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा ३ सय ७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रेलिया सरकारको भनाई छ । नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकू बिमानबाट प्रहार गर्न सकिने छ ।   रासस/एपी

अस्ट्रेलियाको मेलबोर्नमा फेरी लकडाउनको घोषणा

काठमाडौं । अस्ट्रेलियाको मेलबोर्नमा कोरोना संक्रमित बढेसँगै लकडाउन लागू गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो लकडाउन बुधवार राती १२ बजे देखि लागू हुनेछ । मेलबोर्नमा लकडा गर्ने निर्णय त्यस्तो समयमा लिइएको छ । अस्ट्रेलियाका अन्य प्रमुख शहरहरू र देशका बाँकी शहरहरूमा भएका अधिकांश प्रतिबन्धहरू नाटकीय रूपमा हटाइएको छ । यो लकडाउन चार हप्ताको लागि लागू भइरहेको छ । यस समयमा, स्कूल वा अफिस जाने, खाने र पिउने र स्वास्थ्यकर्मीहरूको आवागमनमा प्रतिबन्ध लगाइने छैन । यद्यपि सबैलाई सामाजिक दूरीको सावधानी अपनाउनका लागि सुझाव दिइएको छ । मेलबोर्नका लागि सबै उडानहरू पनि रद्द गरिएको छ र जरिमाना अनावश्यक रूपमा सहरमा भटकिएमा पक्राउ गरियो भने जरिवानाको प्रावधान गरिएको छ । सरकारी तथ्यांकका अनुसार अष्ट्रेलियामा हालसम्म ७ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ४ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रपति ट्रम्पको प्रतिद्वन्द्वी जो बिडेनले गरे महामारीमा चुनावी सभा नगर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले कोरोना भाइरसको महामारीको समयमा कुनै चुनावी सभा नगर्ने घोषणा गरेका छन् । जो बिडेनले भने, मेरो विचारमा यो आधुनिक इतिहासको सबैभन्दा असाधारण चुनाव अभियान हो । उनका विपक्षी राष्ट्रपति डोनाल्ड ट्रम्पले जूनमा ओक्लाहोमाको तुल्सामा एउटा चुनावी सभा आयोजना गरे जुन आशाको तुलनामा धेरै कम भीड थियो, जस पछि ट्रम्पको निर्वाचन अभियान हेरिरहेका टोलीले अहिलेसम्म कुनै सभाको आयोजना नगर्ने बताएका थिए । जुन ओपिनियन पोल भएका छन् त्यसअनुसार जो बाइडन राष्ट्रपति पदको दौडमा ट्रम्पभन्दा निकै अघि देखिएका छन् । पत्रकारसँग कुरा गर्दै बाइडनले भने, ‘म डाक्टर र विशेषज्ञको धारणा अनुरुप निर्णय लिनेछु, मेरा लागि मात्रै होइन, पूरा देशका लागि । यसको अर्थ यो हो कि म अहिले कुनै चुनावी सभाको आयोजना गर्ने छैन ।’