फ्रान्समा सार्वजनिक स्थानमा धूमपान प्रतिबन्ध

पेरिस । फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूमपान  पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ । स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूमपान  (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताए । उनले भने, ‘जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।’ यो नियम इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) मा लागू हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूम्रपान गर्न पाइनेछ । नियम उल्लंघन गर्ने व्यक्तिलाई १३५ युरो (करिब १५८ अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ । फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान  प्रतिबन्धलाई समर्थन गरेका छन् । रासस

अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूमा डिजिटल सेवा कर लगाएको कारण संयुक्त राज्य अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने चेतावनी दिएका छन् ।  क्यानाडाले अमेरिकाका केही कम्पनीहरूमाथि आरोप लगाएको उनको भनाइ छ । जुलाई ९ को लगाइएको समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिका ठूलो संख्यामा व्यापारिक साझेदारहरूसँग व्यापार वार्ता अन्त्य गर्न हतार गरिरहेको छ ।  यद्यपि ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार ट्रम्पले समयसीमा बढाउन सक्ने बताएका थिए ।   

हङकङको कुल वस्तु निर्यात र आयातमा पहिलो ५ महिनामा दोहोरो अंकको वृद्धि

काठमाडौं । हङकङमा २०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ ।  वस्तुहरूको आयातको मूल्यमा वार्षिक रूपमा १२.९ प्रतिशतले वृद्धि भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।  सरकारको जनगणना र तथ्याङ्क विभागले जारी गरेको पछिल्लो वाह्य व्यापारिक तथ्याङ्कअनुसार मे २०२५ मा हङकङको निर्यात र आयातको कुल मूल्यमा क्रमशः १५.५ प्रतिशत र १८.९ प्रतिशतले वृद्धि भएको छ ।