टिम्बर कर्पाेरेशनमा ४० जनालाई जागिर खुल्यो

काठमाडौं, ३ कात्तिक । द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेडमा ४० जनाका लागि जागिर खुलेको छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित कर्पाेरेशनमा खुला तथा समावेशी समुहका लागि सो मात्रामा जागिर खुलेको हो । कर्पाेरेशनले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आव्हान गरेको छ । कर्पाेरेशनले सहायक प्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आव्हान गरेको हो । एसएलसी उतिर्ण गरेकादेखि स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । कर्पाेरेशनको केन्द्रिय कार्यालय बबरमहल, शाखा कार्यालय बिराटनगर, हेटौडा, भरतपुर, नेपालगंञ्ज तथा धनगढीबाट दरखास्त बुझाउन सकिनेछ ।

सिविआईएल क्यापिटलको स्वतन्त्र संचालकमा दुई जना नियुक्त

काठमाडौं, १ कात्तिक । सिविआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा दुई जना नियुक्त भएका छन् । सोमबार संस्थाको संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो । सिविआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा श्री नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । उक्त कम्पनीले नेपाल धितो पत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने अनुमति पाएको छ । संस्थाको रजिष्ट्रर कार्यालय काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रहेको छ । संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका १४ अञ्चल स्थित सम्पूर्ण शाखा कार्यलयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानी कर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।

नेपाली सेनाले खुलायो २१ सय ३५ जनाका लागि जागिर

काठमाडौं, १ कात्तिक । नेपाली सेनामा २१ सयभन्दा बढीका लागि जागिर खुलेको छ । जंगी अड्डा काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको लागि जागिर खुलेको हो । नेपाली सेनालो निकालेको सुचना अनुसार सिपाही पदमा मात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ । सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको छ । इटहरी, फिदिम, राजबिराज, हेटौंडा, सिन्धुली, रौतहट, रामेछाप, पोखरा, बझाङ, इलाम, बुटवल, लमजुङ, नेपालगञ्ज, दाङ, जुम्ला, जाजरकोट, दिपायल, धनगढीका विभिन्न सैन्य पृतना, बाहिनी, गण तथा गुल्ममा भर्ति गर्न लागिएको हो ।