४ बैंकले १ सय भन्दा बढीका लागि भर्ना खुलाए, ग्लोबल आईएमईले मात्रै ५० भन्दा बढीलाई जागिर दिने
काठमाडौं । विभिन्न ४ बैंकले १ सय भन्दा बढी कर्मचारीका लागि जागिर खुलाएका छन् । ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, सनराईज बैंक र मुक्तिनाथ विकास बैंकले नयाँ कर्मचारी भर्ना गर्न लागेका हुन् । ग्लोबलले सहायक प्रवन्धकदेखि ट्रेनी सहायकसम्म ५० भन्दा बढी भर्ना गर्नका लागि सुचना प्रकाशित गरेको छ । यस्तै एनआईसी एसियाले आईटी सेक्युरिटीका लागि सहायकदेखि वरिष्ठ अधिकारीसम्मका लागि भर्ना खुला गरेको छ । एनआईसीले आवश्यक संख्या भने खुलाएको छैन् । यस्तै सनराइजले भने संख्या र पद खुलाएको छैन् । मुक्तिनाथले लघुवित्त क्षेत्र हेर्नका लागि लघुवित्त प्रमुखदेखि सहायकसम्मका लागि भर्ना खुला गरेको छ । मुक्तिनाथले भर्ना संख्या भने खुलाएको छैन् ।
ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार सीईओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लिमिटडमा काम गरिसकेका छन् । सीए ज्ञवाली नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा सञ्चालक पनि रहेका छन् ।
जनता बैंकका नवनिर्वाचित अध्यक्ष रायमाझी र ५ संचालकद्धारा सपथ ग्रहण
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । गत पुस २९ गते सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए । आइतबार बैंकमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित संचालकहरु लंङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष रायमाझीले सपथ ग्रहण गराएका छन् । नवनिर्वाचित संचालकहरुले आजैबाट पदभार ग्रहण गरेका छन् । सपथ ग्रहण पश्चात अध्यक्ष रायमाझीले आगामी ५ बर्ष भित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।