बेष्ट फाइनान्सले शुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले असोज २५ गतेदेखि स्तरोन्नति सहितको यो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले थप वित्तीय सेवाहरुसहित अनलाईन एकाउन्ट ओपनिङ सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको हो । यो सेवाको शुभारम्भ भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले अनलाईन खाता (बचत तथा मुद्धती) खोल्न सक्नेछन् । साथै, भिडियो केवाईसी मार्पmत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने बताइएको छ । केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्न मार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधा समेत रहेको कम्पनीले बताएको छ ।

दुई लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये लगानीकर्ताहरुले चासोका रुपमा हेरिरहेको लघुवित्त संस्थाहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये हालसम्म दुई वटा लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

इन्फिनिटी लघुवित्तले १ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापकको स्वामित्वमा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न आवेदन पेश गरेकाले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्त संस्थाले जनाएको छ । लघुवित्तले उक्त सेयरको मूल्य प्रचलित नियमानुसार हुने बताएको छ । लघुवित्तको सेयर सर्वसाधारण जोकोही लगानीकर्ताले खरिद गर्न सक्ने छन् । यसअघि संस्थापक सेयरधनीहरुलाई मात्रै बिक्री गरिएकोमा आंशिक मात्रै बिक्री भएको लघुवित्तले जनाएको छ ।