कञ्चनपुरमा डिशहोम फाईबरनेटका साेरुम उद्घाटन
काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेष्ठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ । सोरुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर निर्मल आर्चाय र सेल्स अफिसर कमल रिमाले उपस्थिति रहेको थियो भने डिलरका तर्फ बाट र डिलरका म्यानेजर जगदिश भट्टकोे उपस्थिती रहेको थियो । विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । ३ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने नव दुर्गा पशुपालन तथा कृषि फार्मले सञ्चालकले जानकारी दिए ।
फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुँदै, अर्थतन्त्र र डिजिटाइजेशन बारे छलफल हुने
काठमाडौं । मुलुकको अर्थतन्त्र तिव्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ हुने भएकाे छ । ब्राण्डवर्थको आयोजनामा होटल सोल्टीमा उक्त कार्यक्रम गर्न लागेको हो । कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार कन्क्लेभमा ‘बदलिँदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा अन्तरक्रिया र बहस हुने छ । यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहने कम्पनीले जानकारी दिएकाे छ ।
‘नमस्ते पे’ ले सुरु गर्याे स्मार्ट क्यूआर सेवा
काठमाडौं । नमस्ते पे भुक्तानी सेवाले आफ्नो वालेट मार्फत स्मार्ट क्युआर उपलब्ध हुने आफ्नो नेपालभरीको मर्चेन्टमा ‘स्क्यान एण्ड पे’ सेवा सुरु गरेको छ । यो सेवा सुरु भएसँगैं नमस्ते पे वालेटका प्रयोगकर्ताले एससिटीद्वारा जारी गरिएको स्मार्ट क्युआर प्रयोग हुने मर्चेन्ट आउटलेटहरुमा सो क्युआर स्क्यान गरी वालेटबाट सिधै डिजिटल भुक्तानी गर्न सक्नेछन् । योसँगै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्युआरमार्फत गोल्डस्टार जुत्ताहरुको शोरुममा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाउन सकिनेछ । नमस्ते पे ले नेपालभर स्मार्ट क्यूआर सेिा सरुु गरेको छ