अब इन्टरनेटको शुल्क घट्ने
काठमाडौं । अब इन्टरनेटको सेवा शुल्क घट्ने भएको छ । सरकारले आगामी आवको बजेट सार्वजनिक गर्दै इन्टरनेट प्रयोगको सेवा शुल्क घटाउने व्यवस्था गरेको हो ।
प्रहरीले नै सामाजिक संजालमामार्फत चरित्र हत्या गरेपछि पक्राउ
काठमाडौं । सामाजिक संजालको दुरपयोग गरी युवतीको चरित्रहत्या गर्ने २७ वर्षिय प्रहरी जवान पक्राउ परेका छन् । रौतहटका बासिन्दा रहेका कृष्ण कुमार यादव बुधबार पक्राउ परेका हुन् । यादवले पिडितलाई सामाजिक संजालमा साथी बनाइ म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा प्रलोभनमा पारी खिचेको तस्विरहरु सामाजिक संजालमा पोष्ट गर्छु भन्दै मानसिक तनाव दिएको आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार उनलाई पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुँदै, अर्थमन्त्री र गभर्नर सहभागी हुने
काठमाडौं । फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुने भएको छ । ब्राण्डवर्थको आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुन लागेको हो । कोभिड १९ पछि नेपालीहरु डिजीटल प्रविधीका अनेकौ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशन तर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको फोनपे ले जनाएको छ । कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला संभावना, अवसर तथा चुनौतीहरुका बारेमा सबै सरोकारवालाहरूसँग छलफल हुने बताइएको छ । यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको कम्पनीले जनाएको छ । कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल स् सानो बजार कि असिमित सम्भावना रु’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ रु’ विषयमा विभिन्न चार वटा सत्रहरूमा अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको सहभागिता रहनेछ । कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कि–नोट स्पीच दिने बताइएको छ । यसका साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र संचार तथा सूंचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्र समेत हुनेछ ।